-महेन्द्र केसी 

इन्द्रेणी झै रंगिएको

चुनावी माहोल

तीन चार रंगहरू बाहेक

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... -महेन्द्र केसी 

इन्द्रेणी झै रंगिएको

चुनावी माहोल

तीन चार रंगहरू बाहेक

२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कविता– मनमोहन निलेकोलाई म कसरी राेजु

२०७४, २६ बैशाख मंगलवार ०९:५२

-महेन्द्र केसी 

इन्द्रेणी झै रंगिएको

चुनावी माहोल

तीन चार रंगहरू बाहेक

आँखाले छुट्टाउन सकेको छैन

किनकि

लुप्त छन् ती रंगहरू

केवल नाममा मात्रै सिमित बनेका छन्।

प्रष्ट देखिएका ती रंगहरू मध्ये पनि म कुन रोजु

अन्योलमा छु ।

चार तारा टल्किएको रातो,सेतो, हरियोे मिसिएको त्यो

समूह हिजोदेखि निरन्तर

त्यहि ठाउँमा छ

तर

त्यसको महत्त्व र फाईदा 

म र महरूले लिन सकेका छैनन्

किनकि टाढाको ताराको

उज्यालो

म र महरूको नजिक आउन सम्भव छैन

स्वयम् उसको लागि मात्र उपयोगी छ ।


रातो भित्र देखिने सुर्य

निकै चमकदार बनेको छ

तर त्यो सेतो सुर्यमा असिमित दागहरू छन्

एनजीओ पालेर लुट कच्चाइरहेको

त्यसमा,

प्रतिसोधको भावनाहरू कैद छन्

अरूको अस्तित्व अस्वीकार्य छ

असमनाता छ

एकलकाटे प्रवृत्ति छ

नजिक भए जसलाई पनि मस्म पार्ने 

योजनाहरू कैद छ

साँच्चि भनौ भने

समावेशिता

सहकार्य

समझदारी 

समृद्धि 

सफा मन छैन

किनकि 

त्यहि सुर्यले मनमोहन निलेको छ

उसको रगतको होली खेलेको छ

गुण्डा डनहरू 

पालेर एक्का बन्न खोजिरहेको छ ।

एनजिओले देश रित्ताएर

रातोचित्र चमकदार बनेको सुर्यको बास्तविकता यहि छ ।


रातो भित्र सेतो रङको वृत्त 

वृत्तभित्र 

हरदिन मेरो आमा र तमाम आमाले प्रयोग गर्ने हसियाँ

मेरा बा र तमाम बाहरूले प्रयोग गर्ने हथौड़ा कैद छ ।

गोलाकारले सिमा रेखा बनाएको छ

विश्वभरका

मेरो आमा र बा जस्तै

काम गर्नेहरूको झझल्को दिएको छ

जुन हसिया हथौड़ाले

मजदुर

संघर्ष

सहकार्य

समुन्नत

सुशासन

सुख

शान्ति 

समझदारी 

समधान

समावेशी 

सहयोग

समृद्धि

सम्पन्नशाली

सफलताको

झझल्को दिएको छ

तर

अधिकारलाई गोलाकार रेखाले सिमित तुल्याएको छ

स्वतन्त्रता हुन बन्देज लगाए जस्तो देखिएको छ ।


पहेंलो, निलो रंगमा अझै

निरङ्कुशता कायम छ

धर्मको नाममा 

कुर शासन लाद्नको लागि खोजिएको छ

त्यसैले म अझै अन्योलमा छु

म कुन रङ रोजु ! 


नागरिकता देखाएर

कसलाई प्रथामिकतामा राखु !

कालो फोटो टाँस्ने समय

लुप्त पारे रंगीन फोटो सहितको 

नागरिकता दिनेहरुलाई म रोजु  कि ?

रंगीन संसारको सपना देखाएर

म र मजस्तै लाखौ युवाहरुको 

सपनाहरुलाई कालो छायाँमा 

कैद गर्नेहरुलाई रोजु ।

आखिर रङ रङनै

रातो, पहेँलो र निलो 

उत्तिकै महत्वका छन् ।

आखिर म कुन रंगलाई रोजु ।


पर्वत ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ