आउन माया घुम्नलाई स्वर्ग जस्तो ठाउँ

प्रकृतिको सुन्दर खानी खिजिदेम्बा गाउँ ।

माथि हेर्दा सगरमाथा तल लिखु खोला

बीचैमा छ सुन्दर गाउँ कति राम्रो होला ।।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

आउन माया घुम्नलाई स्वर्ग जस्तो ठाउँ

प्रकृतिको सुन्दर खानी खिजिदेम्बा गाउँ ।

माथि हेर्दा सगरमाथा तल लिखु खोला

बीचैमा छ सुन्दर गाउँ कति राम्रो होला ।।

2026-06-16 06:37 AM
काठमाडौँ - KTM

कविता: खिजिदेम्बा गाउँ

२०७४ असार ५, सोमवार

आउन माया घुम्नलाई स्वर्ग जस्तो ठाउँ

प्रकृतिको सुन्दर खानी खिजिदेम्बा गाउँ ।

माथि हेर्दा सगरमाथा तल लिखु खोला

बीचैमा छ सुन्दर गाउँ कति राम्रो होला ।।


हेर्दा मनै लोभ्याउने खिजि फलाटे बजार

थोलेडाँडाको डिलबाट लगाउँला नजर ।

आफ्नै गाउँको खोलाबाट बिजुली बलेको

खिजिदेम्बामा खेतिपाती नामै छ चलेको ।।


बारी भरि सुन्तला छन् पहेँलै पाकेको

हेर्न मन लागेको छ मायाले चाखेको ।

मह भिरमा माहुरीको घार झुलेको छ

बनै भरि लालीगुराँस फूल फुलेको छ ।।


दुग्देश्वर मन्दिर जाउँला दर्शन गरौंला

मनोरम दृश्य हेर्दै ओराली झरौंला ।

चम्पादेबि साक्षी राखि पिरति गासौंला

झ्याउरे र पन्चेबाजा तालैमा नाचौँला ।।


रगनि, तोपडाँडा, चप्लेटि,धारापानी

घुमौला नि सँग सँगै मेरी दिलकी रानी ।

सुन जस्तै धान फल्ने बेसिफाँट हेरौला

पोकली झरना घुम्दै मायाले बेरौला ।।


टापू गाउँको चौतारीमा चिसो हावा खाउँला

चखेवाको जोडी जस्तै बनेर रमाउँला ।

 

बेद प्रसाद घिमिरे 
खिजिदेम्बा गाउँपालिका वडा न -२

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते