महेन्द्र जिसी ,

डा गोबिन्द केसी लाई 

उनका केही आलोचक हरुले 

पागल भन्दा रैछन ।

म पनि उनलाई पागल नै भन्छु

किनकी उनी साच्चिकै पागल हुन

जब म उनको बिचारहरु सुन्छु 

जब उनी बारम्बार अनशनमा ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र जिसी ,

डा गोबिन्द केसी लाई 

उनका केही आलोचक हरुले 

पागल भन्दा रैछन ।

म पनि उनलाई पागल नै भन्छु

किनकी उनी साच्चिकै पागल हुन

जब म उनको बिचारहरु सुन्छु 

जब उनी बारम्बार अनशनमा ब"/>

2026-09-19 12:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

धन्यवाद ति आलोचकहरलाई …

महेन्द्र जिसी ,

डा गोबिन्द केसी लाई 

उनका केही आलोचक हरुले 

पागल भन्दा रैछन ।

म पनि उनलाई पागल नै भन्छु

किनकी उनी साच्चिकै पागल हुन

जब म उनको बिचारहरु सुन्छु 

जब उनी बारम्बार अनशनमा बस्छन् ।

मलाई लाग्छ यी  साँच्चै पागल नै हुन

र यो युगमा यति धेरै पागल 

अरु कोहि पनि छैन् ।

यसमा कुनै संखा नै छैन

कि उनी पागलै हुन,

किनकी उनी देश हितको कुरा गर्छन् 

जनताको अधिकारको कुरा गर्छन् 

भ्रष्टाचार र माफियाको विरुद्ध लड्छन

स्वास्थ जस्तो संबेदनसिल क्षेत्रमा

सुधारको कुरा गर्छन । अनि आÏनै स्वाथ्यसँगे पैँठे जोरी खेल्छन 

अनि  पागल  हैनन त । 

र यस्ता पागलहरु यो देशमा 

न्यून जन्मिनछन र महामानव बन्छन ,

इतिहासमा राष्ट्रिय एकताका 

महानायक पृथ्वीनारायण शाह देखि 

राष्ट्रिय सहिद हरु 

शुक्रराज

धर्मभक्त

दसरथ 

गंगालाल

लगाएत महामानब बिपि कोइराला 

मदन भण्डारी अनि

 महाकवी लक्ष्मी प्रसाद देवकोटा , र 

जनयुद्धका १७ हजार सहिद जस्ता 

राष्ट्रभक्तहरु सबै पागल थिए 

किनकी यिनी हरुले 

देशलाई पहिलो प्राथमिकतामा 

जो राखेका थिए राख्दै आएका छन । 

आज डाक्टर गोबिन्द केसी लाई 

देख्दा मलाई यस्तै लाग्छ

यो देशका केही आमा हरुको 

कोखमा यस्ता पागल हरु 

अझै जन्मिदा रैछन 

जो केवल जनता र 

देशको लागि सोच्छन

निजि स्वार्थ भन्दा माथी उठेर 

अरुको  जनताका लागि सोच्छन

यी पागल नै हुन 

किनकी आजको यो 

अवसरवादि समाजमा 

आदर्श लाई मुर्खता

अनि देश प्रेमलाइ 

पागलपन सम्झिनु नौलो  विषय होईन ।

डा केसी पागल नै हुन

यहाँ यस्ता मान्छे लाई

पागल नै भन्नुपर्छ 

धन्यवाद ति आलोचक हरुलाइ

जसले डा केसी लाई 

संत भनेन

म डा गोबिन्द केसीको

पागलपन लाई सलाम गर्दै 

ईश्वर संग यहि प्राथना गर्छु 

यिनको पागलपन कहिलै निको नहोस् 

र अरु मान्छेहरुमा पनि 

यस्तै पागलपन देखियोस

अनि ममा पनि छिटै यस्तै 

पागलपनको आगमन होस, र देश  जनताका अधिकारका कुरा गनै पाईयोस सुन्न पाईयोस 

फलेवास नगरपालिका  ३ पर्वत ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई