कात्तिक १६, रोल्पा । राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको आयोजनामा प्रत्येक महिनाको १५ गते संचालन हुँदै आएको स्रष्टा चौतारीको ५८औं श्रृंखला बुधबार भब्य रुपले सम्पन्न भएको छ ।

परिषद्का अध्यक्ष कविता उपाध्यायको संयोजनामा सम्पन्न कार्यक्रम विगतका महिनाहरुमा भन्दा विशेष प्रकारको रह्यो । चौतारीमा नगरप्रमुख तथा डाक्टरदेखि सर्जकसम्मको उपस्थिति रहेको थियो ।

रोल्पाको मुट मानिने टुडिखेल स्थित बाचनालयमा आयोजना गरिएको स्रष्टा चौतारीमा रचनाहरु सुन्न र सुनाउन सर्जक तथा श्रोताहरुको बाक्लो भीड लागेको थियो । स्थापित साहित्यकारदेखि नव सर्जक सम्मले आफ्ना रचना सुन्न र सुनाउन पाएकोमा निकै हर्षित देखिन्थे ।

अनौपचारिक रुपमा सम्पन्न भएको कार्यक्रममा सबैले पालैपालो आआफ्ना रचनाहरु सुनाए । कविता बाचनको क्रमसंगै गडगड तालिको आवाजले कोठा रन्किएको थियो । नयाँ पुराना स्रष्टाका रचना सुन्न पाउँदा सर्जकहरु निकै उत्साहित देखिन्थे ।

साहित्यकारहरुले समसामयिक विषय बस्तुदेखि माया प्रेम र जीवन जगतका भोगाहरुलाई आफ्ना रचनामा उतारेका थिए । साँझ साडे ५ बजे शुरु भएको कार्यक्रम करिव २ घण्टा चलेको थियो ।

यसैक्रममा रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले “हामी सपनाको पहरेदारी गर्नेछौं ” शीर्षको कविता बाचन गर्नुभयो । यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराइले “प्रीय” शीर्षकको कविता बाचन गर्नुभएको थियो । लिबाङ ब्यारेक रोल्पाका गणपति अजय गुरुङले “सुन्दरता र प्रेम”, अनुसन्धान अधिकृत मनोज ढकालले “पूर्व प्रेमिका” शीर्षकको कविता बाचन गरेपछि माहोल निकै तातिएको थियो ।

त्यसैगरी जिल्ला निर्वाचन कार्यालय रोल्पाका निर्वाचन अधिकृत लिलु गिरीले श्रृंगारिक रसको अति मार्मिक गजल बाचन गर्नुभएको थियो । कार्यक्रममा राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाका संस्थापक अध्यक्ष डीवी टुहुरोले रचना बाचनका साथै स्रष्टा चौतारिको बारेमा जानकारी गराउनु भयो ।

यसैवीच नेपाली लेखक संघका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष दामु मर्सिफुल, ललित साहित्य परिषद् रोल्पाका अध्यक्ष लोक आलोक श्रेष्ठ, साहित्यकारहरु महेन्द्र महक, चन्द्रज्योती सुवेदी, चाहना शर्मा, नविन लोचन मगर, काशीराम डाँगी, खेम बुढा, नारायण रेग्मी जिज्ञासु, रविन्द्र सुनार लोेकन्द्र सेन, अशोक वली परिवर्तन, दिलकुमारी बुढा, अर्चितबाबु मर्सिफुल, सुसुप्त पुन, मीना महरा, बबिता थापा, रितु रोका, लगायतले आआफ्ना रचना बाचन गर्नुभएको थियो ।

निकै उत्सुकताका साथ कार्यक्रम हलमा प्रवेश गर्नुभएका बरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठ र पत्रकार महेश न्यौपानेले अर्काे महिनादेखि रचना बाचन गर्ने इच्छा प्रकट गर्नुभयो ।

कार्यक्रममा पत्रकार दिनेश सुवेदी, उमा के.सी. लक्ष्मी घर्तीमगर र रेशम विक लगायतको उपस्थिति रहेको थियो । स्रष्टा चौतारीको आगामी मंसिर महिनाको श्रृंखला राप्ती साहित्य परिषदकै संयोजनमा लिबाङको बाचनालयमा साँझ ४ बजे गर्ने निर्णय भएको सचिव चाहना शर्माले जानकारी दिनुभयो ।

सर्जकहरुलाई साहित्य लेखनमा थप हौसला प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको परिषद्का अध्यक्ष कविता उपाध्यायले जानकारी दिनुभयो । उहाँले कार्यक्रममा नियमित रुपमा उपस्थितिका लागि सम्पूर्ण सर्जक तथा अनुरागीहरुलाई अनुरोध समेत गर्नुभएको छ ।

Related News