-तारा सुनुवार

मेरो नामको गीत छोड्यो गाउन अचेल
छोड्यो नि खै यतातिर धाउन अचेल ।

ठम्याउन गारो भयो आफ्नै छाया पनि अब
ब्यस्त भएछौ अरूकै हात समाउन अचेल ।

बिर्सिएछौ हेर एउटै थालीमा गाँस टिपेको
मेरो अनुपस्थितीमा थालेछौ रमाउन अचेल ।

चेर्दुङमा दाउरा लिन जादा खाएको कसम
तिमीलाई ति दिनको याद किन आउन्न अचेल ।

धेरैसँग साईनो लाउन ब्यस्त छौ रे सुनेको छु
सिपलु पो भएछौ झुटो माया लाउन अचेल ।

जब आफ्नै मान्छे अरुको हात समाएको ताराले भेटेपछि…
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment