गजल
प्रभु विवश
जनतालाई सधै, उपचारकै चिन्ता
नेताहरुलाई त्यही, सरकारकै चिन्ता
बिरामीहरु अस्पतालमै मरिरहेछन
स्वास्थ्य माफियाहरुलाई, डकारकै चिन्ता
टाउकाको बिरामी, पेटको अप्रेशन
गर्ने डाक्टरहरुलाइ, नकारकै चिन्ता
पैसा पैसाले डाक्टर, बन्नेको भिडमा
कस्तो होला स्वास्थ्य क्षेत्र, आकारकै चिन्ता
सेतो कोट भित्र, क्षमता र मानवता होस्
नहोस् स्वास्थ्यमा, चोर चकारकै चिन्ता ।
सिन्धुली, नेपाल