मञ्जुश्रीका ८०० नामहरुको पद्यश्लोक

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

गौतमबुद्ध बज्राचार्य / काठमाडौँ, १४ माघ | बौद्ध विद्वान् यज्ञमानपति बज्राचार्यको ‘आर्य मञ्जुश्री नामसंगीतिः छगु व्याख्या’(आर्य मञ्जुश्री नामसंगीतिः एक व्याख्या) शीर्षक ग्रन्थ बजारमा आएको छ ।

कोपुण्डोलका वकिलराज शाक्यको अगुवाइ तथा गुह्येश्वरीराज शाक्यको प्रबन्धमा विसं २०६८ चैतदेखि झण्डै दुई वर्ष लगाएर साप्ताहिक रुपमा बौद्धविद्वान् बज्राचार्यबाट व्याख्या भएका नामसंगीतिका गाथा २२ भागमा विभाजित छ ।

आदिबुद्ध र उहाँको धर्मोपदेशलाई व्याख्या गरी प्रकाशन गरिएको साहित्य नामसंगीति हो । “मञ्जुश्री नै आदिबुद्ध हुन् । मञ्जुश्री संसारमा सर्वोच्च हुन् । मञ्जुश्री छन् भने सबै हुन्छ, छैन भने केही पनि हुँदैन” भन्ने बौद्धधर्मावलम्बीको विश्वास छ । मञ्जुश्रीका नाम अनगन्ती छन् । मञ्जुश्रीका नाम संकलन गरी तयार गरिएको पुस्तकलाई नामसंगीति भनिन्छ ।

संगीतिको अर्थ गीतसंगीत होइन । शाक्यमुनि बुद्ध महापरिनिर्वाण भएको चार महिना नपुग्दै बुद्धका वचन एक ठाउँमा संकलन गरिएको थियो जुन सभालाई त्यसबेला प्रथम संगायन भनियो । त्यस्तो संगायन मौर्यसम्राट् अशोकका पालामा पनि बसेको थियो तर यस पुस्तकमा दिइएको संगीतिको अर्थ सभा नभई संग्रह हो । मञ्जुश्रीलाई सम्बोधन गरिएका नामको संकलन गरिएको संग्रह नै नामसंगीति हो ।

लेखकले आफूले अनुसन्धान गर्दा हालसम्म मञ्जुश्रीका ८१२ नाम भेटिएको जनाउनुभएको छ । सोअनुसार बज्रधातुमण्डल गाथामा ८६, सुविशुद्धधर्मधातु ज्ञान गाथामा १८१, आदर्श ज्ञान गाथामा ७१, समता ज्ञान गाथामा १०४, प्रत्येवेक्षण ज्ञान गाथामा २७५ तथा कृत्यानुष्ठान ज्ञान गाथामा ९५ नाम छन् । नामसंगीति स्तुति पद्यात्मक शैलीमा प्रस्तुत गरिएको पाइएको छ । नामसंगीति साहित्य कति पुरानो छ भन्ने तथ्य गर्भको विषय हो ।

नामसंगीतिको मूल स्रोत मायाजाल महातन्त्रराज जसमा एक लाख लोक छन् । तीमध्ये १६ हजार श्लोक भएको समाधिपटलको एक अंश नामसंगीति हो ।

सिद्धार्थ गौतमबाट धर्मदेशना भएको भनी नामसंगीति गाथाको अन्तिम परिच्छेदमा भनिएको छ, “आर्यमायाजाल षोडशसाहस्रिकात् महायोग तन्त्रान्तः पाति समाधिजाल पटलात् भगवन्तथागत श्री शाक्यमुनिनाभाषिता भगवतो मञ्जुश्री ज्ञान सत्वस्य परमार्थ नामसंगीतिः परिसमाप्ता ।।”अर्थात् गौतम बुद्धलाई वज्रपाणि नामका बोधिसत्वले नागसंगीतिबारे धर्मदेशनाका लागि आग्रह गरेपछि उनले नामसंगीतिका बारेमा धर्मदेशना गरेको कुरा अध्येषणा गाथामा उल्लेख छ । प्रतिवचन, षटकुलावलोकन, मायाजालभिसम्बोधि, बज्रधातुमण्डल, सुविशुद्धज्ञान, आदर्शज्ञान, समताज्ञान, प्रत्येवेक्षणज्ञान, कृत्यानुष्ठानज्ञान, पञ्च तथागत ज्ञान स्तुति आदि अन्य परिच्छेदमा छन् ।

आजभन्दा दुई हजार ५६१ वर्षअघि लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म भएको थियो । ‘स्वयम्भू पुराण’मा विपश्वी, शिखी, विश्वभू, काश्यप, क्रकुच्छन्द, कनकमुनि तथा सर्वार्थसिद्ध गरी सात बुद्धको नाम दिइएको छ । यी नाम थेरवादी बौद्धधर्म ‘त्रिपिटक’मा पनि उल्लेख छ । लेखकमा अनुसार यसअघि पनि धेरै बुद्ध भएको थुपै्र बौद्ध साहित्यमा पाइन्छ । असंख्य बुद्धमा सबैभन्दा पहिलो बुद्धलाई आदिबुद्ध भनिन्छ । आदिबुद्ध पहिले थिए, अहिले छन् तथा पछि पनि हुनेछन् । आदिबुद्ध स्थायी र अविनाशी छन् भन्ने मान्यता छ ।

नामसंगीतिमा बज्रधातु मण्डलको अवधारणा दिइएको पाइन्छ । त्यस्तै धर्मधातुमण्डल पनि यसभित्रै आशक्त हुन्छ । धर्मको वास्तविक अर्थ कर्म हो । कर्मका कारण लौकिक वातावरण हुन्छ तर बज्रधातु भनेको लोकोत्तर हो । बज्रको अर्थ अविनाशी, अरुपी तथा अनात्म हुन्छ । त्यसकारण बज्रधातुमा रुप, गन्ध, रस तथा स्पर्श हुँदैन ।

नेपाली समाज विशेष गरी काठमाडौँ उपत्यकामा हजारौँ वर्षदेखि बज्रयान बौद्धधर्मको प्रभाव रहेको छ । विभिन्न जातजातिमा विभाजित नेवार समुदायमा बज्रयान बौद्धधर्म एउटा संस्कारका रुपमा विकास हुँदै आएको छ र जसमा स्वदेशी तथा विदेशीले अनुसन्धान पनि गर्दैआएका छन् ।

पुस्तक बौद्ध धर्मावलम्बीका लागि महत्वपूर्ण छ । यसले नेपालको मौलिक पहिचानलाई पनि संरक्षण गर्ने अपेक्षा गरिएको छ । नेपालको बज्रयान सम्प्रदायको विकासक्रम तथा आदिबुद्ध महामञ्जुश्रीका बारेमा विस्तृत अध्ययन तथा अनुसन्धान गर्न चाहने स्वदेशी तथा विदेशी अन्वेषक, जिज्ञासु तथा पाठकलाई पनि कृति उपयोगी देखिन्छ ।  रासस

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply