2026-07-10 01:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काव्य प्रवाहमा ‘नाफाको जिन्दगी’माथि चर्चा

2018-02-04

माघ २१, काठमाडौँ । आधारशिला–अक्सफोर्ड कलेज खुशिबुँको आठौँ काव्य प्रवाहमा डा दीपेन्द्र रोकायाद्वारा लिखित ‘नाफाको जिन्दगी’ पुस्तकमाथि शनिबार चर्चापरिचर्चा भएको छ । 

सो अवसरमा साहित्यकार कुन्ता शर्माले सशस्त्र द्वन्द्वमा संलग्न डा रोकायाको रचनाले देशको वास्तविकता बताउँदै ‘जनयुद्ध’ले देशमा परिवर्तन गर्ने आधार प्रस्तुत गरे पनि त्यो बीच बाटामै अल्मलिएको टिप्पणी गर्नुभयो । कृष्णसेन इच्छुक प्रतिष्ठानका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीले कृतिमा क्रान्तिको दौडानमा देखिएका सत्यलाई सटिक र सकारात्मक रुपमा प्रस्तुत गरिएको बताउनुभयो । 

साहित्यकार नारायण निराशीले युद्ध साहित्यमा लेखिएका धेरै किताव पढेको तर ‘नाफाको जिन्दगी’जस्तो सजीव र स्पष्ट चित्र दिने पुस्तक अरु नभएको जिकिर गर्नुभयो । साहित्यकार पुष्कर लोहनी, कलानिधि दाहाल, धनबहादुर मगर, वैरागी जेठा, कौशिला रिसाल, देवकी तिमल्सिनालगायतले कृति आफ्नो पढ्ने प्राथमिकतामा रहेको पुस्तक बताउनुभयो । लेखक डा रोकायाले पुस्तक संस्मरण, अनुभूति र डायरी विधाका रुपमा लेखिएको जानकारी दिनुभयो । 

उक्त अवसरमा प्रकाश गफाडी, डा प्रदीप मैनाली, राजबाबु श्रेष्ठ, दीक्षा भण्डारी, विमला दाहाल, चन्द्रकला आचार्य, सरस्वती घिमिरे, कल्पना न्यौपाने, जया शर्मा, डा चूडा ढकाललगायत ५० जनाले आआफ्ना कविता, गीत, मुक्तक र हाइकु प्रस्तुत गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल