2026-09-18 11:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नारी कवितामा आमा, छोरी र पत्नीको पीडा

फागुन ११, काठमाडौँ । ‘अखबारहरु सनसनीपूर्ण बनाउँछन् 

मात्र महिलाहरु समाचार हुन् 

पत्रिका बिकाउने 

अखबारहरु लुटिएको अस्मिता बोकेर आउँछन्…’(डा रजनी ढकाल) 

दुई युवा कविले आज नेपाली नारीका दुःखसुखका अनुभूति र हिंसालाई काव्यमार्फत पोखेका छन् । जनसाहित्यिक मञ्च नेपालले आयोजना गरेको ‘अविरल जनसाहित्य यात्रा’४४औँ शृङ्खलामा डा रजनी ढकाल र सुष्मिता नेपालले १०–१० छोटा कवितामार्फत आमा, छोरी र पत्नीले भोगेका सहस्र पीडालाई सरल शैलीमा अभिव्यक्ति दिए । 

डा ढकालका कविता तार्किक र नेपालका कवितामा भावनामा बगेका थिए । ती कविता फेशनका रुपमा आएको नारीवादी कविता नभई पितृसत्तात्मक समाजमा नारीले भोगेका दुःख, पीडा र आरोहअवरोहलाई छताछुल्ल रुपमा अभिव्यक्त भएका थिए । दुवै कवि क्याम्पसमा प्राध्यापनरत रही नेपाली साहित्यको समालोचना विधामा सक्रिय छन् । 

वाचित कवितामाथि समीक्षा गर्दै उपप्राध्यापक विदुला घिमिरेले डा ढकालका कविता पुरुषसँग सहयात्री बन्ने र मातृत्वको सार्थकताको खोजी गर्ने खालका रहेको तथा तिनमा आमा, छोरी र पत्नीका रुपमा नारीले सधैँ बलात्कृत भएको अनुभव गरिरहेको भाव पाउन सकिने बताउनुभयो । नेपालका कवितामा प्रकृति, काव्य र मानवको त्रिकोणबाट आशावादिता झल्किएको घिमिरेको टिप्पणी थियो । 

कार्यक्रममा मञ्चका अध्यक्ष राम विनय, उपाध्यक्ष रमेश पोखरेल र सदस्य यशोदा अधिकारीले अविरल जनसाहित्य यात्रा विभिन्न प्रकारले चलाइएको र आगामी दिनमा भिन्दै शैली अपनाइने जानकारी दिनुभयो । सो अवसरमा यात्राको २९ औँ शृङ्खलामा सहभागी पीताम्बर भण्डारी(सिन्धुपाल्चोक)को बिहीबार ब्रेन ट्युमरबाट निधन भएकामा उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो । 

‘आजको दिन मात्र 

तिमीलाई सम्झन्छु 

सम्झनुको आनन्दको 

अनुभूति चाहन्छु’(सुष्मिता नेपाल) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई