न्यू​ ​योर्कमा कविता वाचन तथा अन्त्यहीन इच्छाको लोर्कापण

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

फागुन १४, अमेरिका । २०१८ का दिन न्यू​ ​योर्क​ ​स्थित ज्याक्सन हाइटस् हिमालयन याकमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यूयोर्क च्याप्टरले अनेसास बोर्ड अफ ट्रष्टी उपाध्यक्ष तथा वरिष्ठ साहित्यकार गीता खत्रीको साझा प्रकाशनबाट प्रकाशित छैठौं पुस्तक कृति अन्त्यहीन इच्छा कथासंग्रहको लोर्कापण कार्यक्रम तथा कविता बाचन कार्यक्रमको आयोजना गरेको थियो ।

पानसमा बत्ती बालेर कार्यक्रमको थालनी भएको थियो भने नेपाली र अमेरिकी राष्ट्रिय गीत बजाउदै कार्यक्रमलाई अगाडि बढाइएको थियो । पञ्चकन्याबाट कृतिको लोर्कापण गरियो भने कृति समिक्षा साहित्यकार तथा वाणिज्यदूत कृसु क्षेत्रीबाट भएको थियो ।

महावाणिज्यदूत मधुकुमार मरासीनीले लामो समयदेखि विदेशमा बसेर नेपाली भाषासाहित्यको विकास र उन्नयनमा साहित्यकार गीता खत्रीले पु¥याउनु भएको योगदानको प्रशंसा गर्दै हार्दिक बधाई तथा शुभकामना दिनु भयो । अनेसास न्यूयोर्क च्याप्टरकी उपाध्यक्ष साहित्यकार शकुन ज्ञवालीले कार्यक्रममा उपस्थित पाहुनाहरुलाई स्वागत गर्नु भएको थियो ।

बीस जनाभन्दा बढी साहित्य सर्जकहरुले आआफ्नो कविता बाचन गर्दै साहित्यकार गीता खत्रीलाई नेपालको सबैभन्दा जेठो प्रकाशन संस्था साझा प्रकाशनबाट कृति प्रकाशन भएकोमा हार्दिक बधाई तथा शुभकामना दिर्दै आआफ्नो कविता बाचन गर्नु भएको थियो ।

कार्यक्रमको विर्सजन अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष राजेन्द्र श्रेष्ठले गर्नु भएको थियो भने कवि लक्ष्मी श्रेष्ठले सफतापूर्बक कार्यक्रक संचालन गर्नु भएको थियो ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply