नेपाल बाल साहित्य समाज मूल आयोजक तथा नेपाल प्रज्ञा प्रतिष्ठान र दिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नेपाल बाल साहित्य समाज मूल आयोजक तथा नेपाल प्रज्ञा प्रतिष्ठान र दिक"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा पच्चीसौ राष्ट्रिय बालसाहित्य सम्मेलन शुरु

२५ फाल्गुन २०७४, शुक्रबार ११:२९

चिसाङ शेर्पा/फागुन२५, खोटाङ | २५ औं राष्ट्रिय बालसाहित्य सम्मेलन दिक्तेलमा शुरु भएको छ ।


नेपाल बाल साहित्य समाज मूल आयोजक तथा नेपाल प्रज्ञा प्रतिष्ठान र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकोको संयुक्त आयोजनामा शुक्रबारदेखी जिल्ला समन्यव समितिको समिक्षालय हलमा दुईदिने सम्मेलन शुरु भएको हो ।

जिल्ला तथा काठमाण्डौका दर्जनौ साहित्यकार, कलाकार, शिक्षाविद, प्राध्यापक, प्राज्ञ, बाल साहित्यकार, शिक्षक, शिक्षाविभाग, बुद्धिजीविको बाक्लो भेला रहेको सम्मेलनको उद्घाटन नेपाल बाल साहित्य समाजका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि प्रा.डा प्राज्ञ चूडामणि बन्धु, प्रदेशसभा सदस्य उषाकला राईले गमलाको फुलमा बिरुवा रोपेर पानी लगाई सम्मेलनको उद्घाटन गरेका छन् ।

सिक्ने र सिकाउने उद्देश्यले आयोजित सम्मेलनमा दुईसय शिर्षकका बालपुस्तक प्रदर्शनको उद्घाटन, ३६ शिर्षकका बालपुस्तक र बालसाहित्य बिमोचन, ९ वटा कार्यपत्र प्रस्तुती र चित्रकारद्धय समित श्रेष्ठ र सोनाम तामाङलाई पुरस्कार वितरण गरिएको छ । तामाङ कक्षा आठ भन्दा तलका चित्रकार हुन् । श्रेष्ठ कक्षा ८ भन्दा माथीका पुस्तकका चित्रकार रहेको बाल साहित्य समाजका उपाध्यक्ष  शैलेन्दुप्रकास नेपालले बताउनुभयो । 

विभिन्न स्थानीय सास्कृतिक नृत्य, झाँकीसहित उद्घाटन भएको बाल सम्मेलनमा सयौ विधार्थी, शिक्षकको सहभागिता रहेकोे सम्मेलनमा नेपाल बालसाहित्य समाज र उद्देश्यबारे समाजका उपाध्यक्ष नेपालले प्रष्ट पार्नुभएको थियो । सम्मेलन विविध कार्यक्रमगरी शनिबार सकिने आयोजकले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग