२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जन्मस्थली कविता कृति लोकार्पण

२०७४, २७ फाल्गुन आईतवार १३:२७

फागुन २७, बर्दिया | धर्मानन्द भट्टद्वारा रचना गरिएको "जन्मस्थली" छन्द कवितासङ्ग्रह वि.सं. २०७४ फाल्गुण १९ गते लोकार्पण भएको छ । भ्याली पब्लिक माद्यमिक विद्यालय भङ्गाल,सुन्दरबस्ती,काठमाडौंका संस्थापक प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले प्रकाशन गर्नुभएको उक्त कृति भ्याली पब्लिकको रजत जयन्ती अवसरमा लोकार्पण भएको हो । 

विद्यालयका सहायक प्रधानाध्यापक केशवराज अधिकारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलबहादुर गुरुङ सभापति रहनुका साथै प्रमुख अतिथि माननीय थममाया थापा,अतिथि सांसद् दीपक निरौला तथा विभिन्न विदेशी पाहुनागणको उपस्थिति रहेको थियो । पानसमा वत्ती बाल्नुका साथै राष्ट्रिय गान बजाएर प्रारम्भ गरिएको यस कार्यक्रममा सविना सुवेदी र मनोज ढकालको स्वागत मन्तव्य रहेको थियो । विद्यार्थी,अभिभावक तथा अन्य थुप्रै व्यक्तित्वको उपस्थिति रहेको रजत जयन्ती कार्यक्रमका अतिथि दीपक निरौला,कवि डा.लेखप्रसाद निरौला,लीलबहादुर गुरुङ,कृष्णप्रसाद अधिकारी,सुनिता अधिकारी,भुपेन्द्र निराजन खनियाँ,महेश अधिकारी,केशव अधिकारीलगायत विदेशी पाहुनाहरूको बाहुलीबाट "जन्मस्थली" छन्द कविता कृतिको लोकार्पण भएको थियो । 


लोकार्पणकै अवसरमा कवि डा.लेखप्रसाद निरौलाज्यूले कविता कृतिमाथि छोटोमीठो,सारगर्भित टिप्पणी गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने