१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

आधुनिक गीत प्रतियोगिता अन्तर्गत ७ नम्बर प्रदेशबाट तीन जना छनोट

६ चैत्र २०७४, मंगलवार २०:३०

प्रकाश बम | चैत ७, डोटी | रेडियो नेपालले ६८ औँ बार्षिकोत्सवका अवसरमा गरिरहेको राष्ट्रब्यापी आधुनिक गीत प्रतियोगिताका लागि ७ नम्बर प्रदेशको छनोट प्रतियोगिता सम्पन्न गरेको छ । तीनजना प्रतियोगी कलाकारहरुलाई छनोट गर्दै आज प्रदेश स्तरीय प्रतियोगिता सम्पन्न गरेको हो । 

रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलको आयोजनामा डोटीको सिलगढीमा आयोजित प्रदेश स्तरीय प्रतियोगिताबाट कैलालीका बसन्त साधक प्रथम, डोटीका रविन प्रधान द्वितिय र डडेल्धुराका सुधिर जैरु तृतिय हुँदै राष्ट्रिय प्रतियोगिताका लागि छनौट हुनुभयो । उहाँहरु सहित सातवटै प्रदेशबाट तिन–तिन जनाका दरले छनोट भएका २१ जना प्रतियोगिहरुले काठमाण्डौमा राष्ट्रब्यापी प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । 

प्रदेश प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय स्थान हासिल गरेका तिनै जनाले जनही प्रथमले १० हजार, द्वितियले सात हजार पाँच सय र तृतियले ५ हजार नगद र पदक प्राप्त गरेका छन् । 

प्रतियोगिताका लागि ७ नम्बर प्रदेशका कुल २१ जनाले आवेदन पेश गरेका थिए । जसमध्ये ११ जनाले स्वर परिक्षा दिँदा ७ जना प्रतियोगिताका लागि  छनोट भएका थिए । ७ जनाले प्रतियोगीलाई आज बिशेष समारोहका बिचमा प्रतिस्पर्धा गराईएको थियो । 


समारोहमा प्रमूख अथिति रहनुभएका जिल्ला समन्वय समिति डोटीका संयोजक राम बहादुर ऐरले कला क्षेत्रको संरक्षण र सम्बद्र्धनमा रेडियो नेपालले बिगतदेखी खेल्दै आएको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले रेडियो नेपालले आगामी दिनमा पश्चिमेली, बिशेषगरी देउडा भाकाका प्रतियोगिताहरु पनि निरन्तर अगाडी बढाईदिन आग्रह गर्नुभयो । 

दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीले रेडियो नेपाल समय सापेक्ष रुपान्तरण हुनुपर्ने र सबै क्षेत्र, भाषा, बर्ग, लिङ्ग समुदायका आवाजहरु माथि उठाउने काममा लाग्नुपर्ने बताउनुभयो । 

प्रतियोगितामा सहभागि कलाकारहरुले रेडियो नेपालले दुर्गममा आएर प्रतियोगिताका लागि छनौट कार्य गरिदिएकोमा खुशी ब्यक्त गर्नुभएको थियो । 

प्रतियोगितापछि चलेको सांगितिक कार्यक्रममा बरिष्ठ संगीतकार तथा गायक बुलु मुकारुङ, आधुनिक गायक दिवाकर शर्मा लगायतले सांगीतिक प्रस्तुतीहरु राख्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी