चैत २१, रोल्पा | बृहत् साहित्य सम्मेलनको अवसरमा रोल्पामा राष्टिय कविता प्रतियोगिता पनि हुने भएको छ । आउँदो जेठमा हुने उक्त प्रतियोगिताका लागि १ लाखको पुरस्कार विनियोजन गरिएको छ ।

बृहत साहित्य सम्मेलन मूल आयोजक समितिको आज लिबाङमा बसेको बैठकले उक्त विनियोजित पुरस्कार पारित गरेको हो । मूल आयोजक समितिका संयोजक डी.बी. टुहुरोको अध्यक्षतामा बसेको बैठकले प्रतियोगितामा प्रथमलाई ३५ हजार, द्वितीयलाई २५ हजार र तृतीयलाई २० हजार प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै प्रतियोगितामा सान्त्वना हुने २ जनालाई १०र१० हजार प्रदान निर्णय भएको छ ।बैठकमा रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसी र प्रमुख प्रशाकीय अधिकृत सावित्रा पुन थापाको समेत उपस्थित रहेको थियो ।

रोल्पा नगरपालिकाले आयोजनामा रोल्पाको लिबाङमा २०७५ जेठ १५ देखि १७ गतेसम्म तीन दिने उक्त सम्मेलन हुनेछ ।

रोल्पामा बृहत् साहित्य सम्मेलन, एक लाखको पुरस्कार
Leave a Comment