वैशाख २ काठमाडौँ । ‘हिजो र आजका कथा’ नामक कथासङ्ग्रह बजारमा आएको छ ।


साहित्यकार विमल भौकाजीद्वारा सम्पादित सो सङ्ग्रहमा न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख २ काठमाडौँ । ‘हिजो र आजका कथा’ नामक कथासङ्ग्रह बजारमा आएको छ ।


साहित्यकार विमल भौकाजीद्वारा सम्पादित सो सङ्ग्रहमा न"/>

2026-09-18 11:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हिजो र आजका कथा’ प्रकाशित


वैशाख २ काठमाडौँ । ‘हिजो र आजका कथा’ नामक कथासङ्ग्रह बजारमा आएको छ ।

साहित्यकार विमल भौकाजीद्वारा सम्पादित सो सङ्ग्रहमा नेपाली साहित्यका २० स्थापित कथाकारका दुई दुई कथा छन् । डिकुरा पब्लिकेशनद्वारा प्रकाशित २९४ पृष्ठमा भुवन ढुङ्गाना, मोहनराज शर्मा, ध्रुवचन्द्र गौतम, माया ठकुरी, लक्ष्मण राजवंशी, भागीरथी श्रेष्ठ, भाउपन्थी, मञ्जु काँचुली, मनु ब्राजाकी, विश्वम्भर चञ्चल, परशु प्रधान, पद्मावती सिंह, चन्द्रकला नेवा, धु्रव सापकोटा, अनिता तुलाधर, बाबा न्यौपाने, राजेन्द्र विमल, राजेन्द्र थापा, शैलेन्द्र साकार र हरि अधिकारीका कथा छापिएका छन् । 

नेपाली साहित्यमा कथा लोकप्रिय विधामै पर्छ । गुरुप्रसाद मैनालीलाई नेपाली कथाको आदर्श मानिन्छ । क्रमशः पुष्करशम्शेर, विश्वेश्वरप्रसाद कोइराला, भवानी भिक्षुलगायत कथाकारले कथा प्रवद्र्धनमा ठूलो टेवा दिए । 

पुस्तकमा छापिएर चर्चा कमाइसकेका र लोकप्रिय भइसकेका कथा समाविष्ट छन् जसका कथाकार हिजो र आजसम्म पनि क्रियाशील छन् । तिनको यही क्रियाशीलताको तस्वीर सो सङ्ग्रह रहेको कृतिका सम्पादक विमल भौकाजीले बताउनुभयो । 

“खास गरेर कोही समीक्षक वा समालोचकले कुनै कथाको विषयमा लेखिइिसकेपछि वा बोलिदिइसकेपछि मात्र त्यसलाई पाठकले पढ्ने प्रचलन मौलाइरहेको स्थिति छ । हामीले यो कथासङ्ग्रहमार्फत पाठकलाई अलिक भिन्नै बाटो हिँडाउने प्रयास गरेका छौँ, ताकि समीक्षक–समालोचकले थोपरेको बाध्यताबाट पाठक वर्ग मुक्त होस्”, उहाँले भन्नुभयो । पुस्तकको मूल्य रु ४४५ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई