2026-09-18 11:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘महाभूकम्पको संविधानयात्रा’ विमोचित

वैशाख २ काठमाडौँ । साहित्य सन्ध्याको नियमित मासिक ३८३ औँ शृङ्खलाअन्तर्गत शनिबार सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रा डा भरतबहादुर कार्कीद्वारा लिखित ‘महाभूकम्पको संविधानयात्रा’ कवितासङ्ग्रह लोकार्पण गरिएको छ । 

कृति विमोचन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कानुनका क्षेत्रमा ज्यादै महत्त्वपूर्ण योगदान गर्नुभएका स्रष्टाको अन्तरमनको संवेदनशीलतालाई २०७२ को भूकम्प र त्यसपछि निर्माण भएको संविधानले उजागर गरिदिएको बताउनुभयो । 

समालोचक डा नेत्र एटमले कानुनविज्ञ प्रा डा कार्कीले संविधानको निर्माण हुनु भनेको विध्वंस व्यहोरेपछिको सकारात्मक निर्माण भएको र त्यो सुन्दर निर्माणलाई पचाउन नसकेर नाकाबन्दी लादेको सन्दर्भलाई कवितामा उजागर गरेको बताउनुभयो । 

कविकी जीवनसङ्नी विमलाले कविता प्रकाशनमा अशक्त अवस्था भए पनि सहयोग गर्न पाएको बताउनुभयो । सो अवसरमा नियात्राकार पोष चापागाईँले नियात्राकार देवकी केसीलाई रु एक हजार पुरस्कार अर्पण गर्नुभयो । 

गोष्ठीमा बालकवि प्रलिसा अधिकारी, कवि कणाद महर्षि, भारती न्यौपाने, बालाकृष्ण अधिकारी, विजया बस्नेत, ओमप्रसाद कोइराला, रश्मि रिमाल, तारा गाउँले, चूडा निर्भीक, मुकुन्द न्यौपाने, अभ्यस्त यात्री, डा विदुर चालिसेलगायतले आआफ्नासमसामयिक कविता, गीत र गजल वाचन गर्नुभएको थियो । 

सन्ध्याका उपाध्यक्ष रमेश पोखरेल र कोषाध्यक्ष गोपालकुमार मैनालीले स्रष्टाले सधैँ खबरदारी गर्नुपर्र्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई