2026-07-10 03:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

बन्दीपुरलाई साहित्यिक पर्यटनसँग जोड्दै सर्जकहरू

2018-06-03

जेठ २०,  तनहु |‘बन्दीपुरे उकाली लामो, मस्र्याङ्दी डुंगाले तरेर… ।’ मबिबि शाहको लेखन र तारादेवीद्वारा गाइएको प्रस्तुत पुरानो गीत अहिले पनि यहाँको जनजिब्रोमा छाउने गरेको छ । 

तत्कालीन राजा महेन्द्रलाई समेत लोभ्याएको बन्दीपुर वरपरका रमणीय पहाडी दृश्यका साथै परम्परागत बस्तीले यस ठाउँलाई पहाडकी रानी उपनामले समेत चिनिन्छ । 

यिनै पहाडकी रानी बन्दीपुरलाई साहित्यिक पर्यटनसँग जोड्ने लक्ष्यका साथ पोखरेली कवि तथा कवियत्रीले गर्दै आएको अक्षरयात्राको १५४ शृङ्खला बन्दीपुरमा सम्पन्न भएको छ । 

गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागर पोखराको संयुक्त आयोजनामा प्रत्येक महिनाको तेस्रो शनिबार विभिन्न ठाउँमा पुगी साहित्यकारले त्यही बसेर आ–आफ्ना रचना सिर्जना र वाचन गर्ने शृङ्खला यसपटक बन्दीपुर आइपुगेको गजल सन्ध्या पोखराका अध्यक्ष अमृत सुवेदीले बताउनुभयो ।

बन्दीपुरकै सोरोफेरोलाई समेटेर ४० भन्दा बढी सर्जकले आफ्ना साहित्यक रचनाका माध्यमबाट यहाँको चर्चा गरे । अचम्मको साहित्यिक माहौलयुक्त कार्यक्रममा कवि तथा कवयत्रीलाई शुरुमा नै स्वागत गर्दै बन्दीपुर सामुदायिक होम स्टे समितिकी अध्यक्ष दीलकुमारी रानाले आफ्नो प्रस्तुतिमा भन्नुभयो, 

“भने जस्तो भएनकी बस्दा 

होम स्टेले गरेको व्यवस्था । 

फेरि पनि बन्दीपुर आउनु 

भेट हुँदा सम्झेर बोलाउनु ।।” 

आफ्ना रचना(गीत) वाचनका क्रममा अन्तर्राष्ट्रिय साहित्य समाज गण्डकीका अध्यक्ष साहित्यकार दुर्गाबहादुर शाह‘बाबा’ले भन्नुभयोः 

“चिनोस्वरुप बन्दीपुरलाई, फूल दिन्छु गमलामा सार है, 

कोइली जान सक्ला फेरि छायाँभित्र पार है ।।” 

बन्दीपुर सामुदायिक होमस्टेमा पुगेका सर्जकलाई गरिएको स्वागमा लक्षित हुँदै शाहले अर्को टुक्का थप्दै भन्नुभयो, 

“जीवन हाम्रो गाह्रो साह्रो चलेकै छ चल्न देउ यसैगरी । 

स्वच्छ मनले स्वागत पाइयो राख्छु सधैँ दिलैभरी ।।” 

बन्दीपुरको सौन्दर्यले आफूलाई मोहित बनाएको भाव व्यक्त गर्दै कवयत्री गीता तिवारीले प्रिय बन्दीपुर शीर्षकको कवितामा भन्नुभयो,ः 

“तिम्रो सुन्दर रुपको वर्णन जब मैले सुने 

तिमीसँगै भेट्नका लागि अनेक तानाबुना बुने । 

भौगोलिक दुरी त निकै टाढा थियो 

तर मनको दुरी मात्र निमेस भरको ।।” 

सर्जकले बन्दीपुरको मिलेको सुन्दर प्राचीन बस्तीको मात्र चर्चा गरेनन् त्यहाँस्थित थानी माई, खड्ग माई, सिद्ध गुफा, टँुडिखेल आदिको रचनाका माध्यमबाट मुक्त कण्ठले प्रशंसा समेत गरे । 

अक्षरयात्रामा मोनिका न्यौपाने, रमेशचन्द्र घिमिरे, वसन्त विनोद, शान्ता बास्तोला, आवाज शर्मा, नारायणप्रसाद पोखरेल, प्रकाश पौडेल, पीताम्बर गौतम‘प्रकट’ लगायतका ४० भन्दा बढी कवि तथा कवयत्रीले बन्दीपुरलाई सिर्जनामा उतारे । 

अक्षरयात्रीका रचना सुनिसकेपछि बन्दीपुर गाउँपालिकाका प्रमुख पूर्ण सिंह थापाले भन्नुभयो– “रवि नपुगेको ठाउँमा कवि पुग्छन् भन्थे, यहाँहरूले बन्दीपुरका यावत पक्षलाई साहित्यिक रचनाका माध्यमबाट खोतल्नुभएको छ ।” 

सहित्यकारको बन्दीपुरमा आयोजित अक्षरयात्रा कार्यक्रमले यहाँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको उहाँले बताउनुभयो । 

अक्षरयात्राको शुरुवात २०६२ असार १८ गते लेखनाथको सुन्दरीडाँडाबाट शुरु भएको जानकारी गराउँदै नवनीत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापाले आफूहरूको यो अभियान जीवन र जगतको यथार्थ बोधका लागि भएको बताउनुभयो।

“साहित्यका माध्यमबाट बन्दीपुरको प्रवद्र्धनका लागि हामी आएका हौं,” उहाँले भन्नुभयो, “अक्षरयात्राका विभिन्न शृङ्खलामा नयाँ÷नयाँ उमंग र जोशका साथ अक्षरयात्री थपिने क्रम पनि बढिरहेको छ ।”  (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो