२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा संचालित राष्ट्रिय कविता प्रतियोगिताको नतिजा सार्वजनिक

२०७५, २२ जेष्ठ मंगलवार ०४:२०

जेठ २२, लिबाङ | 'पर्यटन प्रवद्र्धनका लागि साहित्य’ भन्ने मूलनाराका साथ रोल्पामा सञ्चालित बृहत् साहित्य सम्मेलनअन्तर्गत ‘राष्ट्रिय कविता प्रतियोगिता’को अन्तिम नतिजा सार्वजनिक भएको छ । 

प्रतियोगितामा लमजुङका प्रज्वल अधिकारी (आऊ साइँला एकैछिन भलाकुसारी गरम्) शीर्षक कविता प्रथम, अछामका लक्ष्मण सङ्गम (म त मूर्ख रहेछु) द्धितीय, सिन्धुपाल्चोकका सुरेश बुढाथोकी ‘फकिर’ (देश हराएको सूचना) तृतीय तथा सोलुखुम्बुका गणेशप्रसाद खतिवडा (समृद्धिको सपना) र काठमाडौँका अमित प्रिन्स (बेपत्ता चप्पल) ले सान्त्वना स्थान हासिल गरेका छन् । 

प्रतियोगितामा वियोगी बुढाथोकी, उत्तमकृष्ण मजगैयाँ र केशव सुवेदी निर्णायक रहनुभएको थियो । प्रतियोगीलाई क्रमशः प्रथमलाई रु ३५ हजार, द्धितीय रु २५ हजार, तृतीय रु २० हजार र सान्त्वनालाई रु १० हजार पुरस्कार प्रदान गरिने कार्यक्रमका संयोजक डिबी टुहुरोले जानकारी दिनुभयो । 

जिल्लामा क्रियाशील विभिन्न साहित्यिक संघसंस्थाको संयोजन तथा नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको तीनदिने सो सम्मेलन आज रोल्पाको सातदोबाटोमा सम्पन्न हुने आयोजकले जनाएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट