2026-09-03 05:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

नेपाल मुक्तक प्रतिष्ठान कोरियाको मुक्तक दर्पण बिमोचन

टेकबहादुर शाही | जेष्ट २८, दुनै | नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाद्धारा प्रकाशित कृति मुक्तक दर्पणको बिमोचन कोरियाको राजधानी सउल स्थीत नेपाल हाउसमा गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाले गरेको बृहत बिमोचन कार्यक्रममा नेपाली मुक्तकका रचना वाचन पनि गरिएको थियो । 

कोरियाको राजधानी सउलमा स्थित नेपालहाउसमा भएको कार्यक्रममा नेपाली मुक्तक लेखन तथा बुझनका लागि यो बृहत कार्यक्रम कोशेढुङ्गा सावित हुने नेसासाका अध्यक्ष कबि यल्जी बिवशले बताए ।  बिदेशमा बसेका नेपालीहरुले नेपाली मुक्तकलाइ अझै मजबुद र पाठकको लागि एक कोशेलिका रुपमा जोगाइ राखेको स्रष्टा दिपेन्द्र भट्टराइले दावी गरे । 

कोरियामा सउलको नेपालमा हाउसमा भएको कार्यक्रममा अनेसासका क्षेत्रिय सहसचिव क्रिस गुल्मेली बाबुले प्रमुख आतिथ्यतामा कोरियामा रहेका करिव पाँच दर्जन भन्दा धेरै सर्जकहरुको उपस्थिति रहेको खिमबहादुर थापाले जानकारी दिए । 

उक्त बृहत मुक्तक बिमोचन तथा रचना वाचन कार्यक्रममा खगेन्द्र केसि.जनक सन्याल,टपेन्द्र बिष्ट,डिर्कट मल्ल सन्देश,मानकाजि शाक्य,कमल बाछिटे,शुशिल अर्याल,नारायण भुसाल,स.जय घिमिरे,सरोज भण्डारी सर्वाहारा,कुमार गौतम,राम केसि नयन,सुस्मा रानहमाल,रेशम अधिकारी, खिमबहादुर थापा,अमृत प्रसाद बासतोला,राधाकृष्ण पौडेल,राम रुद्ध्र कणेंल,भोजराज घोडासेनी,समिर यात्री,हरि हधिकारी,लोकराज न्यौपाने,दिपेन्द्र जोसि,दिपकाराज बञ्जाडे, दिपेन्द्र भट्टराइ,यल्जी बिबश,ह्यारी बोण्ड,आरएन, दिपक अधिकारी,बलदेब भट्टराइ,हेमराज पोखरेल,गोपिकृष्ण लामिछाने,सञ्जय खनाल,रामचन्द्र शर्मा,बिस्नु वागले,नवीन भण्डारी संजोक लगायतका करिव तिन दर्जन भन्दा धेरै सर्जकहरुले मुक्तक तथा रचनाहरु वाचन गरेका थिए । 

बिष्णु वाग्लेले सञ्चालन गरेको कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान कारिया शाखाले नया पदाधिकारीहरुलाइ पद हस्तान्तरण पनि गरेको छ । रामचन्द्र शर्माको अध्यक्षतामा नया कार्यसमितिको चयन पनि सर्व सम्मत भएको कोरिया शाखाले जानकारी दिएको छ । 

शर्माको नेतृत्वमा रहको नया कार्य समितिमा बरिष्ठ उपाध्यक्ष राम केसि नयन,उपाध्यक्ष कमल बाछिटे,महासचिव भोजराज जैसि,सचिव जनक सन्याल,कोषाध्यक्ष लोकराज न्यौपाने,सहकोषध्यक्ष महेन्द्र केसि चयन भएका छन । 

त्यसै गरि सदस्यहरुमा कुमार गौतम,नारायण भुषाल,जिवन भण्डारी,रामकुकार राई,रोदुंग यायावर,समिर यात्री,शुशिल अर्याल,खगेन्द्र केसि,दिपेन्द्र जोसि,अमृतप्रसाद बास्तोला,खिमबहादुर थापा,दिपक रावल,मानकाजी शाक्य,दिपकराज बञ्जाडे,संजय खनाल,रुद्ध कडेल र रमेश अधिकारी चयन भएका छन ।

प्रतिष्ठानमा मुक्तक शिक्दै गरेका र सिक्न चाहने वा मुक्तक लेख्दै गरेका समग्र नेपाली साहित्यलाइ माया गर्ने सबैको साझा चौतारी भएकोले सबैले आफनै सम्झेर सहकार्य गरेर साहित्यलाइ अघि बढाउन नव निर्वाचित अध्यक्ष शर्माले सबैलाइ आग्रह गरे । उलने भने साहित्यको साधन र थलोको रुपमा मनै देखि लिएर लागेमा साहित्य बिदेशमा मौलाएरै जाने बताए ।  

बिदेशमा पनि नेपालीहरुले नेपाली मुक्तकको एक ऐतिहासिक तरिकाले कार्यक्रम गरि उत्साह पूर्वक कार्यक्रम सम्पन्न गरेको खन्दै संयोजक डिआर न्यौपानेले खुसि ब्यक्त गरे । उनले भने आफनो कार्यकालमा नेपाली मुक्तक प्रतिष्ठानलाइ सफल पार्न सहयोग गर्ने सबै सर्जकहरुमा आभार प्रकट गरे । उनले थपे अब पनि एक मन एक चित्त भएर लाग्नु पर्छ कोरियाबाट नेपाली मुक्तक बिश्वभर फैलाउछ नेपाली मुक्तकले प्रसय पाउने छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही