२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोलकातामा नेपालको ‘उपियाँ’ मञ्चन हुने

२०७५, ३१ जेष्ठ बिहीबार ०८:३०

जेठ ३१, काठमाडौँ | भारतको पश्चिम बंगाल राज्यको कोलकातामा ‘अन्तर्राष्ट्रिय बाल नाटक महोत्सव’मा नेपालको तर्फबाट रंगकर्मी केदार श्रेष्ठद्वारा लिखित तथा निर्देशित नाटक ‘उपियाँ’ निवन्ध मञ्चन हुने भएको छ । 

उक्त नाटक आगामी असार चार गते कोलकातास्थित ‘पश्चिम बंगाल एकेडेमी अफ फाइन आर्ट’को हलमा मञ्चन हुनेछ । 

कोलकातामा प्रेरणा विद्याश्रमका विद्यार्थीहरुले अभिनय गर्ने थिएटर मलकी प्रबन्ध निर्देशक इलिना नकर्मीले जानकारी दिनुभयो । सो महोत्ुवमा भाग लिन २० जनाको नाट्य टोली आज भारततर्फ प्रस्थान गर्दैछ । नेपालबाट गार्डेन थिएटरको ‘मिस्टर फक्स एण्ड स्कुल बोय’ को टोलीले समेत महोत्सवमा भाग लिनेछ । 

कोलकाताको नाट्य संस्था ‘एसो नाटक सिखी’ले आयोजना गर्ने उक्त नाट्य महोत्सव आगामी असार तीनदेखि सात गतेसम्म सञ्चालन हुनेछ । नेपाल, भारत, दक्षिण अफ्रिका, मेक्सिको, श्रीलंकालगायत आठ देशका १६ वटा नाटक सो महोत्सवमा मञ्चन गरिनेछन् । 

कोलकातामा ‘उपियाँ’ निवन्ध ४०औँ पटक मञ्चन गरिन लागेको हो । प्रेरणा विद्याश्रमले २०६८ सालमा रुसी साँस्कृतिक केन्द्रमा आयोजना गरिएको बाल नाटक महोत्सवमा उपियाँको पहिलो पटक मञ्चन गरेको थियो । स्कुले परिवेशको कथालाई हाँस्यव्यंग्य शैलीमा उपियाँमा प्रस्तुत गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै