पर्वत । नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतको आयोजना र प्रगतीशिल लेखक संघ पर्वतको संयोजनमा शिक्षकहरुलाइ लक्षित गरि आयोजना गरिएको प्रगतीशिल कविता प्रतियोगितामा कालीगण्डकी आवसिय मावि कुश्माका शिक्षक वाइपि जोशी प्रथम भएका छन् ।

सामुदायिक विद्यालयका शिक्षकहरुलाई पछि पार्दै उनी प्रथम भएका हुन् । कार्यक्रममा विभिन्न विद्यालयका २८ जना शिक्षक सहभागी भएका थिए । प्रतियोगितामा नारायाणमाविका शिक्षक गोविन्द ढकाल द्धितिय, नवजागृत मावि तिलाहारका शिक्षक दिनेश शर्मा पौडेल तृतीय, अन्नपूर्ण मावि कार्किनेटाका शिक्षक राजु विक सान्तवना भ एभने जनता प्राविकी शिक्षिका गिता अधिकारी उत्कृष्ठ कविता बाचनका रुपमा पुरस्कृत भइन् ।

कार्यक्रममा प्रथम हुनेले ६ हजारm, द्धितियले ४ हजार, तृतीयले ३ हजार र सान्तवना र उत्कृष्ठ कविता बाचन गर्नेले जनही दुइदुइ हजार नगद सहित प्रमाणपत्र पाए ।

कार्यक्रममा नेकपा पर्वतका भक्त कुवँर र गोविन्द पहाडीले आआफ्नो धारणा राखेका थिए । उनीहरुले शिक्षकहरुले बाचन गरेको कवितामा निराशा र केहि प्रगतीगामी सोचका साथ अगाडी बढेको पाइएको बताए । कुवँरले शिक्षक भनेका समाजका ऐना भएका कारण शिक्षक जस्तो र जस्तो सिकायो चेला (विद्यार्थी) ले पनि त्यहि सिक्ने भएका कारण शिक्षकहरुले यसमा विचार पु¥याउनुपर्ने बताए । उनले शिक्षकहरुको कविताले आफूलाई मोहित बनाएको समेत बताए ।

भिडियो

पर्वतमा २८ शिक्षकविच कविता प्रतियोगिता, नीजि विद्याललयकै शिक्षकदेखिए अब्बल (भिडियो सहित)
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment