आदिम सभ्याताको शुरुवात देखि

तिमीले देश बनायौ मैंले मान्दिए

तिमीले भगवान बनायौ मैंले मान्दिए

मन्दिर, मस्जित, चैत्य, गुम्वा

सबै तिमीले बनायौ

म मान्दै गएं ।

तिम्रो ईतिहासमा तिमीले तिमीलाई ईश्वर बनायौ

म भक्त बनेर तिमीलाई पुज्दै गएं

तिमी राजा बन्यौ म रैति बनें ,

तिमी मालिक बन्यौ , म दास बनें

तिमी सालिक बन्यौ म कलाकार बनें ।

एउटा लामो युग तिमी संग विताए पछि

तिमीले लेखेका ईतिहासमा,

केबल म तिमी तिमी तिमी मात्र पढ्दै छु ।

मैले आधि पेट खाएर तिम्रो ईतिहास जोगाएं,

मैलै आधि वस्र लाएर तिम्रो लाज ढकाएं

म सडकमा सुतेर तिम्रा महल बनाएं,

म यति लाचार भएं कि तिमीसंग ऋण लिएर

आज तिम्रो विजय उत्सव मनाएं ।

तिमीले धर्म बनायौ म अनुयायी बनें

तिमीले कानुन बनायौ म पालक भए,

तिम्रो न्यायलयमा तिमीले जित्दै गयौ

म तिमी संग हार्दै गएं ।

मैंले तिम्री आमाको प्राण जोगाउन

आफ्नि आमाको छातिमा गोली हान्दै गए,

मैलें तिमीलाई जोगाउन आफुलाई सहिद बनाएं

मैंले कर तिरे तिमीले लिदैं गयौ

म तिमीलाई पाल्दै गए तिमी पालिंदै गयौ ।

आज फेरि

तिमी बनाएको शासन ब्यबस्थाका सिमारेखाहरुमा

मैंले मेरो छोरोको रगत बगाएको छु

तिमीले दिएका परिवर्तनका नाराहरुमा

मेरि पत्निको सिन्धूर बगाएको छु

तिम्रो अस्तित्व जोगाउन मेरा भाईहरु

परदेशिहरुको गुलाम बनाएको छु ।

तर किन ?

आज म तिमी समान भईन,

तिम्रो दरवारमा मेरो झोपडिको चर्चा हुन्न,

तिमो ब्यन्जनमा मेरो भोक देखिन्न,

तिम्रो ईतिहसमा मेरो त्याग लेखिन्न,

तिम्रो सदनमा मेरो पिडा बोलिन्न ????

त्यसैले

अव म तिम्रो साम्राज्य बिरुद्ध धाव बोल्दै छु

तिम्रो दाशता विरुद्धको ज्वाला निकाल्नेछु

त्यतिखेर

म संग मजस्ता करोडौं हुनेछन् ।

जहाँ

तिमीले बनाएका सिमा रेखा तोडिनेछन्

तिमीले बनाएका पर्खालहरु भत्किनेछन्

तिम्रा मात्र हैन, सबैका झोपडि महल बन्नेछन्

तिम्रो शासनमा जस्तो

न कोहि भोक्को रहनेछन् न कोहि नाङ्गो रहनेछन् ।

बालकृष्ण लम्साल

कविता: ‘मैले सडकमा सुतेर तिम्रा महल बनाएँ’
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment