विजय थापा | भदौ २२, अमेरिका | साहित्यकार तथा उपन्यासकार कृष्ण धरावासीले लेखेको चर्चित उपन्यास राधा अमेरिकाको पुस्तकालयमा उपलब्ध हुन् थालेको छ । उनले लेखेको राधा उपन्यास को अंग्रेजीमा अनुबाद गरिएको राधा अमेरिकाको मेरिल्याण्ड राज्यको एक पुस्तकालयले राख्न प्रारम्भ गरेको छ ।

सेप्टेम्बर ६ तारिख देखि उनको अंग्रेजी राधा उपन्यास मेरिल्याण्ड राज्यको चार्ल्स काउन्टीको वालडोर्फ़ पश्चिम शाखामा राखिएको छ । केहि बर्ष अमेरिका बसेर केहि समय अगाडी मात्र नेपाल फर्कनु भएको छ ।

धेरै किताव लेखियो ,बजारमा प्रसस्त आए ,तर वजनदार किताव जसको महत्व पूर्वी तथा पश्चिमी समाजमा उत्तैको महत्व राख्ने पुस्तक लेखिएको छैन । राधा एक अपबाद भएर निस्केको छ ।

यस अघि प्रा सम्राट उपाध्यायले लेख्नु भएको पुस्तक एरेस्टिंग गड इन काठमाडौँ सन् २००१ देखि यता खासै अरु पुस्तक चर्चामा आएका थिएन । यो पुस्तकले अब अमेरिका जस्तो ठाउँमा सार्बजनिक पुस्तकालयले किनेर आफ्नो संकलनमा राख्नु नेपाली लेखकका लागि ठूलो महत्व राख्दछ ।

अनेसासका शाखाहरु बिश्व भर बर्गेल्ति भएता अखासै अन्तर्राष्ट्रिय साहित्यिक उपलब्धिको नाममा खासै केहि देखाउन सकी रहेका छैनन् । उनीहरुले कि बिश्व विख्यात साहित्यिक पुस्तकहरु उल्था गरेर नेपाली भाषामा छाप्न सक्नु पर्यो कि त नेपाली साहित्यका संख्यात्मक भन्दा गुणात्मक पुस्तकहरु छापेर बिश्व भरि फैलाउन सक्नु पर्यो ।

धरावासी कथा विधामा र उपन्यासमा कलम चलाउन रूचाउँछन्। उनले वि.सं. २०६२ सालमा राधा उपन्यासको निम्ति मदन पुरस्कार पाएका थिए ।

साहित्यकार कृष्ण धरावासीको राधा अमेरिकाको पुस्तकालयमा
Leave a Comment