२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदूरको साङ्गीतिक क्षेत्रमा जमेका ‘शाह दम्पती’

२०७५, ८ कार्तिक बिहीबार ०५:३६

कात्तिक ८, भीमदत्तनगर (रासस) | 

“साफेँबगर पाटन बजार, दिपायलको गढी, 

म माया सुवाकै मान्दो, सबैभन्दा बढी, 

तँ आए बाजुराबाट, म आउँला बैतडीबाट, 

डडेल्धुरा भेटौँला, धनगढीमा घुम्न जाउँला मनका तिर्खा मेटौँला ।” 

बोलको सुदूरपश्चिमको संस्कृति र पहिचान झल्किने देउडा गीत दुई वर्षअघि बजारमा आयो । यहाँका रचनाकार एवं संगीतकार राजेन्द्र शाह ‘बिपी’ को गीतले निकै चर्चा पायो । 

दुईअघि बजारमा आए पनि उक्त देउडा गीत सुदूरपश्चिममा अझै गुञ्जिरहेको छ । देउडा गायिका सङ्गीता शाह र गायक खुमन अधिकारीको स्वर रहेको गीत सुदूरपश्चिमकै सेरोफेरोमा छायाङ्कन भएको एल्बम हो । 

बाजुरा बुढीगङ्गा नगरपालिका–४ ओलीसैनबाट स्कूले जीवनमै सुदूरपश्चिमको साङ्गीतिक क्षेत्रमा प्रवेश गरेका राजेन्द्र शाह विगत दुई दशकदेखि यहाँको देउडा गीत बनाइ बजारमा ल्याउन निकै सक्रिय छन् । ६०० भन्दा बढी गीत रचना गर्नुका साथै ५०० गीतमा सङ्गीत दिइसक्नुभएका शाहले सुदूरपश्चिमकै मौलिकता झल्किने देउडा गीत शब्द सङ्कलनमै ९० प्रतिशत समय खर्चिएको बताउनुहुन्छ । 

‘धनगढीमा घुम्न जाउँला’ एल्बम निकै चल्यो । उहाँले भन्नुभयो, “युवापुस्ताले पनि यो गीत निकै मन पराएको छ ।” उक्त गीतमा शाहकै पत्नी देउडा गायिका सङ्गीता शाह र गायक खुमन अधिकारीले स्वर दिनुभएको छ । 

गीत/सङ्गीतबाट परिचय भएका शाह जोडीले विसं २०६१ मा परिचयलाई विवाहमा परिणत गरेको बताउनुभयो । “उनीसित (सङ्गीता) एल्बम निकाल्ने क्रममा भीमदत्तनगरमा भेट भएको थियो ।” राजेन्द्र शाहले भन्नुभयो, ‘खप्तड मालिका’ एल्बममा उहाँले स्वर दिनुभएको थियो ।’ 

२०५७ सालदेखि देउडा गायनमा आउनुभएका गायिका सङ्गीता शाह लामो समयदेखि चल्तीकी देउडा गायिकामा अग्रस्थानमै आउँछिन् । “भीमदत्तनगरमा भएको पहिलो महोत्सवमा मैले स्टेज प्रस्तुति राखेको थिएँ ।” उहाँले विगत सम्झिँदै भन्नुभयो, “अहिले भारतलगायत मुलुकका विभिन्न क्षेत्रमा हुने साङ्गीतिक कार्यक्रममा बोलावट हुन्छ ।” 

हालसम्म पाँच सयभन्दा बढी सुदूरपश्चिमका देउडा गीतमा स्वर दिइसक्नुभएकी गायिका शाहले एक सयभन्दा बढी आफ्नै श्रीमानले रचना÷सङ्गीत दिएका गीतमा स्वर दिएको बताउनुभयो । 

खप्तड डिजिटल म्युजिक प्रालि सञ्चालन गरेर तीन वर्षयता देउडामा सघन रूपमै व्यस्त रहेको बताउँदै शाहले दुई वर्षमै दुई सयभन्दा बढी गीत बजारमा ल्याएको बताउनुभयो । 

दुई वर्षअघि नै बजारमा आएको उहाँको गीत÷सङ्गीत रहेको ‘यो अछामी बड्डो’ बोलको एल्बमले पनि सुुदूरपश्चिमको देउडामा इतिहास नै बनायो । युट्युवमा समेत १७ लाख ८५ हजारभन्दा बढीले हेरेको उक्त गीतमा सुदूरपश्चिमको देउडा गायक लालबहादुर धामी र गायिका टीका पुनले स्वर दिनुभएको छ । 

“चैत काफ्ल झड्डो, फागुन असिनो पड्डो, 

यो अछामी बड्डो, आइगयो बड्डीका खोज, 

खेत कुनिया नाई धान काट्याका निन हाल्याका 

देश दुनियाँ नाइ यो जोवन सम्हाली सक्न्या” 

“अझै दर्जनौँ गीत बजारमा आउने तयारीमा छौ ।” शाहले भन्नुभयो, “नयाँ प्रविधिसँगै गीतमा पनि नयाँपन ल्याउन खोज्दैछौँ ।” बजार प्रर्वद्धन पहिले सहज रहे पनि केही वर्षयता प्रविधिमा भएको पहुँचले दर्शक, स्रोतामाझ गीत पस्किन सजिलो भएको उहाँको बुझाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय