२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

न्यायालयको ढोकामा तालाबन्दी छ…

२०७५, ३ मंसिर सोमबार ०७:४५

सरस्वती अधिकारी (खुशी)

हिजोआज,

 के गाउँ, के शहर

 के बाहिर के घर

नारीको अस्मिता धरापमा छ

तपाइँ पत्याउनुस या नपत्याउनुस

आजकाल जमाना खराबमा छ

***

ती यौन पिपासुहरुको कुरा के गर्नु र यहाँ ?

जब, आफ्नै बाबु र दाजुभाइबाटै बलात्कृत हुन्छिन्

अनि ऊनि आफनै परिवारबाट नै तिरस्कृत हुन्छिन

हिजोआज उनलाई

 के भर, के डर

 के बाहिर, के घर

***

जवान किशोरीहरुको के कुरा ?

जब,

६० वर्षीय हजुरआमा र साना नानिहरुमाथी नै गिद्दे नजर परेपछि

पराइ त पराइ नै भैहाल्यो, आफ्नाकै नजरबाट झरेपछि

हिजोआज

 के दिन के, रात

 के बिहान, के साँझ

***

त्यो पबित्र मन्दिर पनि बेस्यालय बनेको छ (हिजोआज)

जहाँ हजारौं भक्तजनहरुको लाम हुन्छ

त्यहि नारीको अस्मिता लुटिने ठाम हुन्छ

हिजो(आज,

 के मन्दिर, के देवालय

 के घर, के वेश्यालय

***

हिजो(आज न्यायालयको ढोकामा तालाबन्दी छ

अनि

न्यायाधीशहरु मस्त निदाइरहेछन्

सपनाबाटै न्यायहरु दिलाईरहेछन्

त्यसैले हिजोआज

 के न्याय, के अन्याय

 के सुझाव, के राय

***

सडकहरु एकैछिन तात्छन अनि सेलाइहाल्छ (अचेल)

जब

सिंहदरबारबाट आश्वासनका भाषाणहरु गुन्जिन्छन्

भाषणबाटै भएपनि न्यायका धुनहरु बजाइदिन्छन्

हिजोआज

 के जनता, के सरकार

 के बाहिर, के घर 

नारीको अस्मिता धरापमा छ

तपाइँ पत्याउनुस या नपत्याउनुस

आजकाल जमाना खराबमा छ…

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ