कविता महोत्सवका लागि २० कविता छनोटमा, को को छनोटमा परे ? (नामावलीसहित)

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

मङ्सिर ३, नुवाकोट | नुवाकोट साहित्य प्रतिष्ठानको आयोजनामा यही मङ्सिर १५ गते हुन लागेको दोस्रो राष्ट्रिय कविता महोत्सवका लागि २० कविता छनोट भएको छ । विदुरमा आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिताका लागि प्राप्त २४८ कवितामध्ये २० कविता छनोट भएको उक्त प्रतिष्ठानले जनाएको छ ।

विभिन्न माध्यमबाट देश र विदेशमा रहेका नेपालीले पठाएका कवितामध्येबाट विज्ञ निर्णायक समितिले २० कविता प्रतियोगिताको अन्तिम प्रतिष्पर्धाका लागि छनोट गरेको महोत्सव प्रचारप्रसार संयोजक मुकुन्दराज अर्यालले जानकारी दिनुभयो ।

सो प्रतियोगिताका लागि चितवनका अम्बिका कार्की, ओखलढुङ्गाका इन्द्रकुमार श्रेष्ठ, तेह्रथुमका एलिना दुलाल, रसुवाका जीवन आरोही, रामेछापका जीवन खत्री, सुनसरीका जीतु खड्का, दोलखाकी देवकी अभिलाषी, गोरखाका निशान निष्कर्म, कास्कीका प्रकाश आचार्य, भोजपुरकी प्रगति राई, कास्कीकी वसुन्धरा भण्डारी, दाङकी भवानी न्यौपाने, बाराका रमेश रसिक, नुवाकोटका रामराजा तिमिल्सिना, प्युठानकी रीमा केसी, बागलुङ विवश बाबु, धादिङका विजय तामाङ, गोरखाका सन्तोष खनाल, कञ्चनपुरका सागर चन्द र जाजरकोटका ज्ञानेन्द्रबहादुर सिंहको कविता छनोट भएको हो ।

प्रतियोगिताका लागि देशका ६२ जिल्लाका स्रष्टाले कविता पठाएको आयोजकले जनाएको छ । प्रतियोगितामा पहिलोलाई रु ५० हजार, दोस्रोलाई रु ३० हजार र तेस्रो दुईलाई रु २०÷२० हजार नगद पुरस्कारको व्यवस्था गरिएको उक्त प्रतिष्ठानका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठले जानकारी दिनुभयो । यसअघि २०७३ सालमा पहिलो कविता महोत्सव नुवाकोटमै भएको थियो ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply