ज्यामिरे गाउँको सम्झनामा

साझासवाल
1 Min Read

हर्मीकोटको फेदमा छ मेरो सानो गाउँ ।

माया लाग्छ जन्मिएर हुर्किएको ठाँउ ।।

जताततै हरियाली सुगन्धित छ गाउँ ।

गोर्खा जिल्ला हर्मी ज्यामिरे हो नाउँ ।।

पहिलो अँखा खुल्यो मेरो यहि ठाउँमा

आधा जीबन बितिसक्यो यहि गाउँमा।।

चेपे खोला खार खोला अनि बुढी खोला।

ज्यामिरे जस्तो रमाइलो अरु कुन ठाँउ होला।।

बन पाखा जता ततै उम्रेको छ मेल।

कुहु कुहु -कोहिली बोल्छ विरह चलेको बेला।।

बेलि अनि चमेली जताततै फुल्ने ।

यहि ठाँउमा बस्दा फेरि सबै पीडा भुल्ने ।।

पहाडको चुचुरोमा हर्मीकोट पर्ने।

बेसितिर ढुकुरले माया प्रीती जोड्ने।।

सम्झनाको तरेलिमा मेरो प्यारो गाउँ ।

ज्यामिरे हो सधै सधै सम्झिरहने नाउँ ।।

नदी ताल झरना अनि सौन्दर्यको खानी।

ज्यमिरे जस्तो ठाँउलाई छोडी अन्त कहाँ जानी।।

एतिहासिक महत्वले प्रसिद्ध यो ठाउँ ।

स्वर्ग भन्दा प्यारो लाग्छ यो ज्यामिरे गाउँ ।।

Share This Article
Leave a Comment

Leave a Reply