२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिल्म गोपीको प्रवर्द्धन गर्न कविता प्रतियोगिता आह्वान

२०७५, ११ पुष बुधबार १२:२६

पुस ११, काठमाडौं | आरोही इन्टरटेनमेन्ट प्रालिले फिल्म गोपीको प्रवद्र्धन गर्न कविता प्रतियोगिता आह्वान गरेको छ । कम्पनीले बुधबार नगद पुरस्कारसहितको कविता प्रतियोगिता घोषणा गरेको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार दिइनेछ । त्यस्तै सात जनालाई जनही ५ हजार रुपैयाँको सान्त्वना पुरस्कार पनि प्रदान गरिनेछ ।


प्रतियोगितामा विश्वका जुनसुकै स्थानमा बस्ने नेपालीहरुले भाग लिन पाउनेछन् । उमेरको कुनै हदबन्दी छैन । सहभागीले गोपी फिल्मको ट्रेलर हेरेर स्वावलम्बन, स्वरोजगार र परिश्रमको भाव झल्किने कविता लेख्नुपर्नेछ ।

सहभागीहरुबाट प्राप्त कवितालाई दुई कवि उपेन्द्र सुब्बा र नवराज पराजुलीले मूल्यांकन गरेर विजेता छनोट गर्नेछन् । आगामी माघ ७ सम्म प्राप्त कवितालाई प्रतियोगितामा समावेश गरिने आयोजकले जनाएको छ । कविता नेपाली भाषा लेखिएको हुनुपर्नेछ । माघको दोस्रो हप्ता विजेतालाई पुरस्कृत गर्नेछ ।

यस्तो खाले प्रतियोगिताले नयाँ प्रतिभाहरुलाई ठूलो उत्साह मिल्ने निर्णायक उपेन्द्र सुब्बा बताउँछन् । कविताप्रति युवाहरुको रुचि पछिल्लो समयमा बढिरहेको र यो प्रतियोगिताले त्यसमा थप टेवा पु¥याउने विश्वास अर्का निर्णायक नवराज पराजुलीको छ ।

गोपी फिल्मलाई साहित्यसँग जोड्नका लागि कविता प्रतियोगिता आयोजना गरिएको निर्देशक दीपेन्द्र लामाले बताए । स्वावलम्बन र स्वरोजगारसम्बन्धी साहित्यप्रेमीहरुमा कस्तो खालको धारणा रहेको छ, त्यो जान्न पनि यो प्रतियोगिता सहयोगी हुने उनले बताए ।

आरोही इन्टरटेनमेन्टले निर्माण गरेको गोपी आगामी माघ १८ गते रिलिज हुँदैछ । सामिप्यराज तिमल्सेनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको फिल्ममा आरोही केसी निर्माता र श्रीधर पौडेल कार्यकारी निर्माता रहेका छन् । फिल्ममा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रमेश अधिकारी, अंकित खड्का, प्रकाश घिमिरे, भोलाराज सापकोटा, सरोज अर्याललगायतले अभिनय गरेका छन् ।

कविता प्रतियोगितामा सहभागी हुनेहरुका लागि निम्न शर्तहरु राखिएका छन्:-

१. कविता नेपाली भाषामा हुनुपर्नेछ ।

२. नेपालमै बसेर श्रम गर्न कविताले प्रेरित गर्नुपर्नेछ ।

३. कविताको शीर्षक सहभागीले नै राख्नुपर्नेछ ।

४. कविता पद्यात्मक र गद्यात्मक दुवै स्विकार्य हुनेछ ।

५. कविताको लम्बाईमा कुनै हदबन्दी छैन ।

६. प्रतियोगितामा नेपाल र अरु देशबाट जुनसुकै उमेरकाले कविता पठाउन सक्नेछन् ।

७. कविता पठाउनेले आफ्नो नाम, ठेगाना, उमेर र सम्पर्क टेलिफोन नम्बर प्रष्टसँग उल्लेख गर्नुपर्नेछ ।

८. कविताहरुको मूल्यांकन कविद्वय उपेन्द्र सुब्बा र नवराज पराजुलीले गर्नेछन् । कुनै विवाद आएमा आयोजकले समाधान गर्नेछ ।

९. कविता २०७५ पुस ११ देखि माघ ७ गतेसम्म पठाइसक्नु पर्नेछ । विजेताहरुलाई माघको दोस्रो हप्ता पुरस्कृत गरिनेछ ।

१०. सहभागीहरुले कविता [email protected] मा पठाउनुपर्नेछ । कुनै जिज्ञासा भएमा यही ठेगानामा इमेल गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ