२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीद्वारा डा सायमीको ‘मेरो जीवन–कथा’ सार्वजनिक

२०७५, १९ माघ शनिबार ०८:२५

माघ १९, काठमाडौँ | वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डा अरुण सायमीको पुस्तक ‘मेरो जीवन–कथा’को आज प्रधानमन्त्री केपी शर्मा ओलीले विमोचन गर्नुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा डा सायमीले ६१ वर्षको अनुभव सङ्गालेर लेख्नुभएको पुस्तक सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले पुस्तकमा विचित्रको आत्मस्वीकारोक्ति समावेश गरिएको जानकारी दिनुभयो । उहाँले डाक्टरी र अरु उपचारका कुरा तथा बिरामी, बिरामीका कुरुवा, उनका आश्रित परिवारसँग गरिएका कुरा समेटेर आस्थाको उपन्यास तयार गर्न समेत डा सायमीलाई सुझाव दिनुभयो । “कस्ताकस्ता बिरामी भेटिए, अनुभव के रहे, त्यस्ता विषय पनि पुस्तकमा आओस् भन्ने अपेक्षा छ” उहाँले भन्नुभयो । 

पुस्तक लेख्न अलि हतार भएको हो की भन्ने महसुस भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफ्नै कहानीको नाममा अरुका कहानी पुस्तकले समेटेको उल्लेख गर्नुभयो । देशमा विभिन्न विषेशता बोकेका डाक्टर रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले पुस्तकबारे भन्नुभयो, “तपाइँको पुस्तक राम्रो छ यो सानो प्वाल भएको आँखीझ्याल हो, थोरै पाटो समेटिएको छ, तर आत्मवृत्तान्त निर्मम हुनुपर्छ ।” 

अहिले धेरै काम गर्न बाँकी भएकाले डा सायमीले धेरै कुरा नखोतलेको बताउँदै प्रधानमन्त्री ओलीले जब मान्छेले कुनै सम्मान, मान प्रतिष्ठा खोज्न रहर गर्दैन त्यसपछि भने यथार्थ कुरा आउने बताउनुभयो । “अहिले तपाइँ सबै यथार्थ लेख्न सक्नुहुन्न, किनकी तपाइँलाई अझै केही गर्न मन छ, कोही रिसाउलान् कि भन्ने डर छ, प्रधानमन्त्री ओलीले भन्नुभयो, “म पनि अहिले नै आत्मवृत्तान्त जस्ताको तस्तै लेख्न सक्तिन, किनकी पार्टी चलाउनुपर्छ, प्रधानमन्त्री भएर देश चलाउनुपर्छ ।” उहाँले यथार्थ साहित्यिक कृति भनेको प्रस्तुतिको चमत्कार भएको उल्लेख गर्दै कृति लेख्दै जान डा सायमीलाई सुझाव दिनुभयो । 

डा सायमीले डाक्टरी उपचार गरेको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो “पार्टी चलाउने उपचार प्रभावकारी छ कि छैन, मेरो मात्रै उपचार छ कि अरुको पनि उपचार छ, पुस्तक हेर्न बाँकी नै छ ।” डा सायमीले आफ्ना धेरै साथी बितेर गइसकेको प्रसङ्ग जोड्दै जिन्दगीको भरोसा नभएर पुस्तक लेखेको बताएपछि प्रधानमन्त्री ओलीले कुनै कारणले साथी बितेर गएकामा चिन्ता लिनुभन्दा राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशीलाई हेरेर अघि बढ्न आग्रह गर्नुभयो । 

कार्यक्रममा बोल्दै लेखक डा सायमीले १५ दिन बिदा बसेर पुस्तक लेखेको बताउँदै आफ्नो ६१ वर्षे जीवनकालका अनुभवहरु समेटेको उल्लेख गर्नुभयो । पुस्तक भित्रको ‘मैले चिनेको केपी ओली’ शीर्षकको एउटा अङ्श सुनाउँदै भन्नुभयो, “दुई तिहाई सरकारलाई विपक्षले ढाल्न नसके पनि यो दुईतिहाईमा निराशा भएर विद्रोहमा उत्रियो भने नेपालमा नौ रेक्टरको भूकम्प आउँछ, त्यसकारण जनताको मन जित्ने काम गरेर देखाउन शुभकामना दिन्छु ।” 

डा सायमीको चिकित्सकीय योगदानबारे बोल्दै डा शशी शर्माले निडर स्वभावका कुशल प्रशासन, चिकित्सक, प्राध्यापक र अरुलाई हौसला दिने प्रेरणाको स्रोतका व्यक्तिको सङ्ज्ञा दिनुभयो । उहाँले शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रका संस्थापक अध्यक्ष, आफैँले मुटुरोगको ओपिडी शुरु गरेका व्यक्ति र ठूलो दिल भएको उदाहरणीय व्यक्ति भन्दै उहाँको योगदानको चर्चा गर्नुभयो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीदेखि हालका प्रधानमन्त्री केपी शर्मा ओलीसम्मलाई उपचार गरेका डा सायमी साहित्यिक, सामाजिक, स्वास्थ्य, शिक्षालगायत हरेक क्षेत्रमा योगदान दिने व्यक्ति भन्दै प्रशंसा गर्नुभयो । 

कलाकार हरिहर शर्माले अहिलेसम्म डा सायमीका ११ वटा कृति प्रकाशित भइसकेको जानकारी दिँदै सारतत्व हेर्दा उहाँको लेख रचना र कृतिमा समाज रुपान्तरण गर्ने भावना जागृत भएको सरल भाषामा परिवर्तनका अवस्थालाई उतारेर चेतना दिने खालका विषय उल्लेख भएको बताउनुभयो । उहाँका छ वटा उपन्यास प्रकाशित छन् । अन्य लेख रचना र कविता सङ्ग्रह गरी चार वटा पुस्तक प्रकाशित भइसकेका छन् । आज सार्वजनिक भएको पुस्तक डा सायमीको आत्मकथा हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह