बैशाख ७, काठमाडौं– वरिष्ठ साहित्यकार बसन्तकुमार शर्मा नेपालको निधन भएको छ । उनको ९७ वर्षको उमेरमा शनिबार निधन भएको हो । मुटुलगायतका विभिन्न रोगबाट थलिएका उनको कुमारीगालस्थित निवासमै निधन भएको हो ।

नेपालकै सबैभन्दा ठूलो शब्दकोश ‘नेपाली शब्दसागर’ का लेखक उनको दर्जनौ साहित्ससम्बन्धी पुस्तकहरु प्रकाशित छन् । उनले ‘नेपाली शब्दसागर’ लेखनमा मात्रै १५ वर्ष खर्चिएका थिए ।

उनको जन्म विसं १९८४ को रामनवमीको दिन महारागन्जमा भएको थियो । संस्कृत साहित्यमा स्नातक र नेपालीमा स्नातकोत्तर गरेका नेपालले नेपाल भाषा प्रकाशिनी समिति र भाषानुवाद परिषद्मा पनि काम गरेका थिए।

यस्तै महाभारतको गद्यमा उल्था पनि उनैले गरेका थिए ।

लामो समय विभिन्न विद्यालय र क्याम्पसहरूमा अध्यापन गरेका उनी पशुपति क्याम्पस, रत्नराज्य क्याम्पस लगायतका शैक्षिक संस्थाको संस्थापक समेत हुन् ।

स्वर्गीय शर्माको श्रीमतीसहित चार छोरी र ४ छोरा छन् ।

उनको आजै हिन्दु परम्पराअनुसार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ ।