२०८३, ४ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रकृतिको दुरुपयोगले प्राणी भविष्य खतरामा

२०७६, १९ बैशाख बिहीबार ०३:०२

प्रकृति संसारको अमूल्य देन हो । प्रकृतिनै भगवानको पञ्चकर्मेन्द्रिय अंग हो, अनि यो नै करोडौंको बासस्थान पनि हो । 

पृथ्वीमा बसाइँ र जीवन भोगाइको क्रममा सबैको उत्तिकै भागिदार हुनु पर्ने हो तर यस पृथ्वीको सिंगो शासन निरंकुश ढंगले सम्हालिरहेको मानव नामक प्राणिले सारा पृथ्विको अंशनै आफ्नो मानी जथाभावि गरिरहेको छ किनकी मानवले जति पनि कार्य गर्छ प्रकृतिबाटै गर्छ । 

त्यो भविश्य, त्यो भोलि निश्चित आउँनेछ, निश्ठुरताका साथ । त्यो भोलीले त्यतिखेरको र्वतमानलाई रुवाउँनेछ, हाहाकार मच्चाउँने छ, काल चौबिसै घण्टा काममा व्यस्त बन्नेछ । जब उसले सारा कार्य भ्याउँछ तब उसले अबश्य फुर्सद पाउने छ । 

हामीले आफूलाई बचाउँने प्रकृति र जन्म दिने आफ्नी आमाको समस्या जहिल्यै बेवास्ता गरिरह्यौं । 

यो प्राकृतिक संसारमा प्रकृति उपभोगको बरावरी हक सबै प्राणिहरुले प्राप्त गर्छन् तर मान्छेले सबै प्राणिहरुको अंश आफ्नै भनेर हडपेको छ । प्रकृतिमा जो बाँचेका ती सबै प्रकृतिको सन्तान हुन् । यसमा कोहि आफ्नो कोहि पराइ भन्ने कुरा नै रहँदैन् । मानिसहरुकै वर्गीय विचारधारामा पनि धनि, गरीब, निमुखा भोका नांगा आदि इत्यादिले यस प्रकृतिमा बराबर हिस्सा प्राप्त गरेका हुन्छन् । 

प्रकृतिले सबैलाई यस संसारमा अमर बनाई रहन पनि सक्दैन । यो चक्रिय आधारमा निरन्तर चलिरहेको हुन्छ यसले प्राणिलाई जन्म दिन्छ, हुर्काउँछ, बढाउछ अनि अन्तमा नास गर्छ । 

सबै कुराले अन्त्य हुनै पर्छ सबैले आफ्नो आयुमा मात्रै बाँच्न पाउँछन् । हामी अचम्मको एउटा संसारमा छौ । जुन यो व्रम्हाण्डको अन्य जगत भन्दा बेग्लै छ जहाँ अचम्मको सृष्टि गरिएको छ । 

संसारमा करिव दश अर्व सोचहरु जीवितै छन् । कुनै सोचले परमाणु बम बनायो जसको कारण वायुमण्डलदेखि प्राणि जगतको समेत भविश्य अनिश्चित भैरहेको छ । यो समयको अदृष्य खेल हो । 

आजको यो समय हिजोको भविश्य थियो तर आज यो वर्तमान भएको छ र भोलि म बुढो हुनेछु, मेरा छोरा, नाति नातिनाहरु मलाई हजुरबुबा भन्ने छन् । समय यस्तै परिवर्तन हो । जसले उमार्न देखि लिएर मार्ने सम्मको काम गर्दछ , चक्रिय आधारमा तर बिल्कुलै निश्चित बिन्दुसम्म । 

मानिसले समयलाई नै सिथिल बनायो । अव समय रिसाइसक्यो, नफकाइने गरेर किनकी मानिसको आश्वासन उसले धेरै पाइसकेको छ । 

समयलाई कोहीकोहीले धनले किनिरहेका छन् । गरिब आफ्नो २४ घण्टा मध्ये ८ देखि २२ घण्टा अरुलाई दिएर पनि बाँच्न बाध्य छन् । कोहि धनबहादुरहरु कृतिमताको गरिब छन् कोही धनबहादुरहरु अरुको ८० हजार घण्टा किन्न सफल बनेका छन् । आफ्नो समय बेचिरहेका मानिसहरु हेपिएका छन् । किन्नेहरु माथि छन् । समय बेच्नेहरुको प्रतिस्पर्धामा छ । आखिर सबै कृतिमतासंग मनपरि गर्न यसो गरिरहेछन् किनकि विश्व नै पैसाले चलेको छ । कोहि इमानदार एउटा ठाउँमा खुम्चिएका छन् अनि जवर्जस्ती वाँधिएका छन् । मानिसकै अत्याधुनिक अनि कृतिम सोचले मानब अब सिल्पट हुँदैछ । 

पोखिन लागेको अश्तित्वलाई सम्हाल्न मानब हरतरहले मुन्टो उठाउन खोजिरहेको छ । मानिसहरु माथि प्रकृतिले वदला लिन खोज्दै छ कसरी भनुँ किनकी मानिसले आफूनै पर्ने ठुलो खाल्टो आफैले खनिरहेको छ । 

हामीले जति बनाउछौं, कृतिम बनाउछौं, प्रकृति बनाउँदैनौं । मान्छे जसले आफूलाई मान्छे भन्छ, उहि पशुजस्तै बन्छ । हामीले आफूमा समेत वाहिरि रुप सुन्दर बनायौं तर भित्र धेरै फोहोर भाब बोकेर जताततै दौडिरह्यौं । फलस्वरुप हाम्रो मगज र हाम्रो प्रकृति एकोहोरो सत्यानास भैरह्यो । 

मान्छेलाई तालिम बढि भयो त्यसैले बढि जान्ने भए हजारौं वर्षदेखि मान्छे सिकेको सिक्यै छ नैतिकताको पाठ, अनि अनुशासनको पाठ । हामी त्यहि तालिमकै कारण अन्तरिक्ष पुग्यौं एटम वम बनायौं, देख्न सक्छौं, यत्रो आधुनिकता बनायौ, हामी धेरै माथि आकासमा पुग्न चाहान्छौं । त्यसैले त चन्द्र टेक्यौं तर हामीले त्यहाँ गएर पृथ्वी कहाँ छ भनेर हेरेनौं ।

(यो अंश नयाँ संसार उपन्यासबाट लिईएको हो  ।) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु