2026-09-18 09:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्यो एउटा केटी

#Crush_an_untold_love 

त्यो एउटा केटी थिई 

जो सायद म भन्दा जेठी थिई… 

गोलो अनुहार गोरो वर्ण मान्छु अलिक होचो कद थियो… 

उस्को शरिरको एकदम राम्रो कुरा उस्को आँखाको चमक थियो… 

उ नजिक आउनासाथ मैले आफ्नो नजर झुकाउथे.. 

म उस्लाई कतै परबाट नियालि रहन रुचाउथे.. 

म उस्लाई सधै कक्षाको झ्यालबाट हेर्थे… 

उस्लाई हेरेर मात्रै भएनी मनको धोको फेर्थे… 

थाहा छैन मलाई मैले कस्तो प्रेम ला’को थिए 

देखेको ६ महिना पछि बल्ल नाम पत्तो पा’को थिए

एक वर्ष कसरी बित्यो मलाई कुनै पत्तो भएन…

त्यस्तो कुनै दिन थिएन जुन दिन म म उस्लाई हेर्न गएन… 

मैले पनी सोच बनाए मनको कुरा भन्ने भए… 

आज त म बोल्छु भनी म उस्को सामु गए… 

मेरो घाँटी नै अवरुद्ध भो मेरो बोली फुटेन… 

जे जे भन्छु सोचेको थिए त्यो भन्ने आँट जुटेन… 

अन्तिम दिन कलेजको.. उस्लाई अन्तिम पटक देखेको मैले…

नाम याद रहोस भनी डायरिमा नाम लेखेको मैले… 

त्यो डायरी म संगै छ मैले उस्को नाम मेटेको छैन…

त्यो अन्तिम पटक थियो त्यसपछि उस्लाई भेटेको छैन… 

त्यही एउटा नाम हो मैले यो प्रेममा कमाएको… 

४ वर्ष बितीसक्यो मैले मनको प्रेम दबाएको… 

उस्लाई आफ्नो नजिकै कही महसुस गर्ने मन छ… 

त्यो बेला भन्न नसकेकोमा अफसोस गर्ने मन छ… 

एक चोटी मनको पुरै कुरा खोल्ने मन छ… 

उस्को हात समाएर बस यत्ती बोल्ने मन छ… 

म निस्पट्ट रात तिमी जुनको प्रकाश थियौ मेरो लागी…

म तिमीलाई मन पराउथे, तिमी निकै खास थियौ मेरो लागी…

राजेश्वर नेपाली

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई