रश्मि, कुहिरो, बर्षात अनि बादलमा भेटिन्छु दिए देखि तिमीले पीडा म गजलमा भेटिन्छु ! ल्याउनु सम्बन्ध विच्छेदको सबुत गरि दस्तखत सायद, तिम्रो सपनाको धरात"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रश्मि, कुहिरो, बर्षात अनि बादलमा भेटिन्छु दिए देखि तिमीले पीडा म गजलमा भेटिन्छु ! ल्याउनु सम्बन्ध विच्छेदको सबुत गरि दस्तखत सायद, तिम्रो सपनाको धरात"/>
२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

साहित्य

रश्मि, कुहिरो, बर्षात अनि बादलमा भेटिन्छु !

२०७६, २० कार्तिक बुधबार ११:२७

रश्मि, कुहिरो, बर्षात अनि बादलमा भेटिन्छु
दिए देखि तिमीले पीडा म गजलमा भेटिन्छु !

ल्याउनु सम्बन्ध विच्छेदको सबुत गरि दस्तखत
सायद, तिम्रो सपनाको धरातलमा भेटिन्छु !

न बर्ग , न घन , न आयतनमा खोज्नु मलाई
मात्रै प्यारको परिधि अनि क्षेत्रफलमा भेटिन्छु !

देखे देखि त्यो डालिमा ढुकुर जोडी यो मनले
सधै एकान्त अनि घनघोर जङ्गलमा भेटिन्छु !

प्रविधिको विकास नभएपछि मेरो गाउँ बस्तिमा
म त ओ! महोदय , बिहानै ओखलमा भेटिन्छु !!
नरेन्द्र बिष्ट , वौलाहट मन , बझाङ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन