Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

2026-10-16 02:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

गाग्रीकी सीता (लघु कथा)


नन्दलाल आचार्य |

दरिद्रले गाँजेका बखत खडेरीले शशिभुषणको घाँटी समायो । माघ महिनामा नै अन्न तुरियो । विवाह गरेको बीस वर्ष नाघिसक्दा पनि सन्तानको मुख हेर्न नपाउँदाको पिरलो टाउकामा छँदै थियो । अनिकालले त्यसलाई त्यसै ओझेलमा पारिदियो ।

पानी नपरे पनि ऊ काम गर्न भने छाड्नथ्यो । विहान खेतमा पस्नु र साँझमा निस्कनु उसको दिनचर्या नै थियो । मान्छेको आँखा छलेर वर्षेनी दुईचार हात सरकारी ऐलानी जग्गा समेत मिच्ने गर्दथ्यो ।

एक साँझ मिचेको नयाँ जग्गा खन्दैथ्यो । अनौठो वस्तु देख्यो । जतनले खोस्रियो । पलाष्टिकले मुख बाँधेको माटोको गाग्रिरहेछ । त्यहीँ खोल्ने मन भयो । झट्ट रामायणको सीता जन्मको कथा सम्झियो ।

खुशी हुँदै घर पुगी श्रीमतीलाई भन्यो– “प्रभुले निःसन्तान हुनबाट जोगाएका हुन् या असर्फी दिएर दरिद्रता भगाएका हुन् । यो गाग्री पो दिए । घर चोखोनितो गर । पूजाआजा गरेर म गाग्री खोल्छु ।”

श्रीमतीले भनेझैं गरिन् । उसले तनमनले गाग्राको पूजा गर्यो र टाउकामा राखी प्रभुलाई धन्यवाद टक्र्यायो । च्याप्प पक्रेकाले त्यो टाउकामै फुट्यो र कालो झोल शिरदेखि पाउसम्म खनियो ।
उसले पुकारा गर्यो– “प्रभु ! प्रभु ! जय होस् । जय होस् ।”

श्रीमती चिच्याई– “के को प्रभु ! त्यो त सानेकी स्वास्नीको छोराको सालनाल हालेर गाडेको गाग्रो हो ।”

यथार्थ बुझेपछि शशिभुषण छिःछिः र दुर्दुर् गर्दै नुहाउन गयो ।

–श्री महावीर मावि, विषहरिया–४, सप्तरी ।
मो.नं. ९८४२८२९२०६


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु