Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अल्छि चुक्को (लघुकथा)

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

एउटा जङ्गलमा सयौँ चराहरू मिलेर बसेका थिए । जङ्गलमा थरीथरी जातका धेरै चराहरू थिए । जङ्गलमा खाने कुरादेखि पानीसम्म प्रसस्त मात्रामा पाईन्थ्यो र त्यहाँ कैयौं मेहनती चराहरूदेखि अल्छि चरा पनि थिए । मेहनती चराहरू बिहान देखि चर्न थाल्दथे । भने अल्छि चारहरू अबेरसम्म गुँडमा नै बसीरहेका हुन्थे ।

एकताका त्यो जङ्गलमा चराहरुलाई भोकमारी परेछ । त्यसपछि खानेकुरा खोज्दै चराहरुलाई पनि टाढा-टाढासम्म जानु पर्थ्यो । बिहान सबेरै चारो खोज्न नजाने चराहरू बेलुका घर फर्किन सक्दैन थिए । त्यसैले अल्छी चराहरू गुड वरिपरि घुमेर फर्किन्थे । मेहनती चराहरूले बेलुका केही खाना ल्याई ख्वाउने गर्दथे । तर त्यहा अल्छि चराहरू मध्य चुक्को चरो पनि थियो । चुक्कोले पनि अरू मेहनती चराहरूले बोकेर ल्याएको चारो खान्थ्यो ।

विस्तारै खानाको अभाव बढ्दै गयो, चराहरू भोकले बिरामी हुन थाले । यो कुराले सबै चराहरू चिन्तित भए । अनि एउटा परेवाले सबै चराहरूलाई बिहानै उठेर भगवानसँग प्रार्थना गर्नु भन्यो । सबै चराले हो मा हो जनाए र भोलिपल्ट सबै चराहरूले प्राथना पनि गरे । तर चुक्को चरो भुसुक्कै निदाएर प्राथना गर्न बिर्सेछ । सबै चराहरू प्राथना सकेर चारो खोज्न गए तर चुक्को भने चारो खोज्न पनि चुक्यो ।

दिनभरी चारो खोज्ने चराहरु बेलुका पेटभरी खान पाएर खुशी हुँदै घर फर्के । शबैले भगवानलाई धन्यवाद पनि दिए । तर त्यही दिन भगवानले चुक्कोलाई आँसीको चुच्चो उपहार दिएपछि ऊ निकै खुशी भयो र सबैको गुँडमा गएर खुशी हुँदै भन्यो 'भगवान धनि कि म धनि ?' शबै चराहरू गदगद हाँसे ।

'बास्तबमा भगवानले चुक्कोलाई मृत्यूको उपहार दिएका थिए र मेहनतीलाई सभ्य बानी ।'