मेरो एउटा पुच्छर छ

चार खुट्टामा म देखिएको छु ।

तर पनि म मानव भन्दा सर्वश्रेष्ठ छु 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मेरो एउटा पुच्छर छ

चार खुट्टामा म देखिएको छु ।

तर पनि म मानव भन्दा सर्वश्रेष्ठ छु 

"/>
2026-09-18 10:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कविता: ‘म’ र ‘म’मा यहि फरक छ’ (भिडियोसहित)

मेरो एउटा पुच्छर छ

चार खुट्टामा म देखिएको छु ।

तर पनि म मानव भन्दा सर्वश्रेष्ठ छु 

किनकी

म मा इमान्दारीता छ , नैतिकता छ ।

चे भनरे बोलाउँदैमा मलाई फरक पर्दैन 

किनकी मलाई बोलाउने भाषा हो

तर विडम्बना 

म भन्नेहरुमा मसँग तुलना गर्ने

गुणहरु छैनन् ।

राष्ट्रसेवकको पद धारण गरेका उनीहरु 

र 

ममा एक चिज फरक छ 

मेरो पुच्छरले झिंगा भगाउँछ

उनीहरुको नदेखिएको पुच्छरले 

देशको शान्ति भगाएको छ ।

सरकारी अड्डा भ्रष्टाचारमय बनाएको छ

राजनीतिको व्यथितिले देशलाई कुरुप बनाएको छ ।

मेरो इमान्दारीतामाथि कसैले संखा गर्दै

तर

राष्ट्र सेवक भनिएकाको इमान्दारीतामा पटक पटक प्रश्न चिन्ह उठिरहेको छ

किनकी 

मलाई जे दिन्छन, जहाँ राख्छन् 

त्यसैमा म सन्तुष्ट छु , खुसी छु ।

तर 

म राष्ट्रसेवक  भन्नेहरु

दिन दुइ र रात चार गुणा कमाउने धन्दामा छन् ।

सरकारी अड्डालाई राजनीतिक अखडा बनाएका छन्

केबल औपचारिक रुपमा झण्डा गाड्न मात्र बाँकी छ ।

शुसानमा म लिप्त छु

 म भनिनेहरुमा नैतिकता हराएको छ,

सेवालाई कमाउने थलो बनाएका छन् ।

तर म कहिल्यै आफ्नो सेवालाई

कमाउने भाँडोका रुपमा प्रयोग गरिन 

कहिल्यै मालिकमाथि बइमानीको मनाशय राखिन

सधै मालिकको सेवामा म लुप्त रहेँ 

त्यसैले म सर्वश्रेष्ठ छु ।

मालिकले फालेको जुठो खाएर जिन्दगी चलाएको म 

र 

मालिकले गाँस काटेर पालेका

 हेर्दा दुई खुट्टे देखिएता पनि व्यवहारमा चार खुट्टे भएका 

ममा कहिल्यै नैतिकता, इमान्दारीता देखिएन ।

केबल जालझेल, अल्छीपन, ठग्नेपन बाहेक ।

म निदाएर पनि सेवामा खटिएको हुन्छु

उनीहरु व्यूझिएर पनि सेवामा खटिन सकेका छैनन् ।

म मालिकलाई चोर आए खबर गर्छु

उनीहरु मालिकलाई आफै चोर बनेर लुटिरहेका छन् ।

मेरो तलब

विहान बेलुकाको एक मुठी जुठो खाना छ

तर 

उनीहरुलाई कुकरमा पाकेको मसिनो जिराको चामल छ 

तर पनि

इमान्दारीता उनीहरु खुलेआम लिलाम गरेका छन् ।

मालिकलाई जोगी बनाउनको लागि तल्लीन छन् ।

किनकी 

उनीहरुलाई मालिकको मालिक बन्न मन छ ।

आखिर 

म र ममा यहि फरक छ

म र ममा यहि फरक छ ।

महेन्द्र केसी 
पर्वत ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई