२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतीय कम्युनिस्ट पार्टी (माओवादी)का सर्वोच्च नेता मारिए

९ जेष्ठ २०८२, बिहीबार १४:१७

भारतमा प्रहरीसँगको मुठभेडमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी)का सर्वोच्च नेता मारिएका छन्। बुधबार बिहान छत्तीसगढको नारायणपुर जिल्लाको अबुजमद जंगलमा भएको मुठभेडमा परी भाकपा (माओवादी)का महासचिव नाम्बाला केशव राव मारिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

द वायरका अनुसार सो जंगलमा मुठभेड हुँदा रावसहित २६ जना माओवादी मारिएका छन्। यसलाई भारतीय अधिकारीहरूले नक्सलवादविरूद्धको कारबाहीमा अहिलेसम्मकै ठूलो उपलब्धि भनेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले एक्समा पोस्ट लेख्दै माओवादीका महासचिव मारिएको पुष्टि गरेका छन्।

प्रधानमन्त्री मोदीले यसलाई महत्त्वपूर्ण उपलब्धी बताउँदै सुरक्षा फौजप्रति गौरवान्वित रहेको बताए। मुठभेडमा सुरक्षाकर्मीहरू पनि घाइते भएका छन्। केहीलाई अस्पताल पुर्‍याइएको र स्वास्थ्य स्थिर रहेको बताइएको छ।

सुरक्षाकर्मीले जंगलबाट ठूलो संख्यामा हतियारहरू बरामद गरेको छ। माओवादीले उक्त घटनाको निन्दा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव