२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थी भर्ना गर्न पाउने अनुमति खारेज: ह्वाइटहाउस

१० जेष्ठ २०८२, शुक्रबार १३:४७

अमेरिकी सरकारले हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न रोक लगाएको छ । अमेरिकाको गृहमन्त्री कृस्टी नोमले सामाजिक सञ्जाल एक्समार्फत् यो जानकारी दिएकी हुन् । उनले सामाजिक सन्जाल एक्समा हार्वर्ड विश्वविद्यालयले ‘कानुनसम्मत काम गर्न विफल भएकाले’ विदेशी विद्यार्थी भर्ना गर्न पाउने अनुमति खारेज गरिदिएको उल्लेख गरेकी छन् । उनले सरकारको यो निर्णय अमेरिकाका अरु विश्वविद्यालय र शैक्षिक केन्द्रहरूका लागि चेतावनी पनि भएको उल्लेख गरेकी छन् ।

‘स्टुडेन्ट एक्सचेन्ज प्रोग्राम’ अन्तर्गत अमेरिकाको सबभन्दा पुरानो र विश्वप्रतिष्ठित हार्वर्ड विश्वविद्यालयमा नेपालसहित १४० भन्दा धेरै देशका नागरिकहरुले अध्ययन गर्दै आएका छन् । तर अमेरिकी सरकारले त्यो अनुमति खारेज गरिदिएकाले अब भर्ना भइसकेका विदेशी विद्यार्थीहरु अन्य विश्वविद्यालयमा स्थानान्तरण हुनुपर्ने क्रिस्टी नोमको भनाइ छ । ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयले यहुदी विरोधी भावना फैलाउन मद्दत गरेको, चिनियाँ कम्युनिस्ट पार्टीसँग समन्वय गरेको लगायतको आरोप लगाउँदै आएको छ । तर हार्वर्डले विश्वविद्यालयले भने आरोपको खण्डन गर्दै विदेशी विद्यार्थी पढाउन अनुमति नदिने सरकारको निर्णयले अमेरिकालाई नै हानि हुने चेतावनी दिएको छ ।

हार्वर्डमा विदेशी विद्यार्थीहरुलाई पढ्न नदिने ट्रम्प प्रशासनको निर्णयले हजारौं प्रभावित हुने बीबीसीले जनाएको छ । बीबीसीका अनुसार गत शैक्षिक सत्र हार्वर्डमा ६ हजार ७०० विदेशी विद्यार्थी भर्ना भएका थिए । यो हार्वर्ड विश्वविद्यालयको कूल विद्यार्थी संख्याको २७ प्रतिशत हो । ट्रम्प राष्ट्रपतिको रुपमा दोस्रोपटक ह्वाइटहाउस प्रवेश गरेलगत्तै सरकारी खर्च कटौतीको अभियान सुरु गरेका थिए । खर्च कटौतीको नाममा अनेक प्रतिबन्ध र आर्थिक सहायता रोक्का गर्दै आएको ट्रम्प प्रशासनको निशानामा हार्वर्ड विश्वविद्यालय पनि परेको थियो ।

ट्रम्प प्रशासनले नीति सुधारका लागि भन्दै हार्वर्डलाई एक सूची पठाएको थियो । सूचीमा शासन, भर्ना अभ्यास र भर्ना प्रक्रियाहरूमा परिवर्तनका विषयहरु समावेश थिए । तर हार्वर्डले त्यसलाई अस्वीकार गरेको भन्दै ह्वाइटहाउसले दुई अर्ब डलर बराबरको कोष नै रोक्का गरिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव