२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रुसी आक्रमणमा १२ युक्रेनीको मृत्यु

१२ जेष्ठ २०८२, आईतवार १७:२४

युक्रेनमा आइतबार राति भएको रुसी आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

युक्रेनको आपतकालीन सेवाले राजधानी किएभसहित युक्रेनी विभिन्न भूभागमा रुसले लगातार दोस्रो रात ठूलो हवाई आक्रमण गरेको छ । युक्रेनले आक्रमणलाई ‘आतङ्कको रात’ भनेको छ ।

सन् २०२२ को फेब्रुअरीमा मस्कोले पूर्ण रूपमा आक्रमण सुरु गरेयता दुवै पक्षले सबैभन्दा ठूलो कैदी आदानप्रदान गरेको र संयुक्त राज्य अमेरिकाले तीन वर्ष पुरानो युद्ध रोक्न युद्धविरामको मध्यस्थता कोसिस गरिरहेको बेला यी आक्रमणहरू भएका हुन् ।

रुसको पछिल्लो आक्रमणमा आठ र १२ वर्षका दुई बालबालिका र उत्तरपश्चिमी क्षेत्र झितोमिरमा १७ वर्षीय एक किशोरको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा भन्नुभएको छ, “रुसी नेतृत्वमाथि कडा दबाब बिना यो क्रूरता रोक्न सकिँदैन ।”

“निश्चित रूपमा प्रतिबन्धले रूसी आक्रमण नियन्त्रण गर्न र रूसलाई युद्धविरामका लागि दबाब दिन मद्दत गर्नेछ,” उहाँले संयुक्त राज्य अमेरिका, युरोपेली देश र ‘शान्ति चाहने विश्वभरका सबैलाई’ मस्कोलाई युद्ध रोक्न ‘दृढता’ देखाउन आह्वान गरे।

युक्रेनको सेनाले आइतबार बिहान ४५ वटा रुसी क्षेप्यास्त्र र २६६ वटा आक्रमणमा प्रयोग गरिएका ड्रोन खसालेको जनाएको छ ।

यसैबीच, रुसले शनिबार राति र आएतबार बिहान गरी११० वटा युक्रेनी ड्रोन खसालेको जनाएको छ ।

युक्रेनको पश्चिमी खमेल्निट्स्की क्षेत्रमा चार जना, किएभ क्षेत्रमा चार जना र दक्षिणमा माइकोलाइभमा एक जनाको मृत्यु भएको छ ।

आपतकालिन सेवाका अनुसार किएभ क्षेत्रमा तीन बालबालिकासहित १६ जना घाइते भएका छन् ।

अवकाशप्राप्त ६५ वर्षीया महिला तेतियाना इयान्कोभस्काले किएभको दक्षिणपश्चिममा रहेको मखालिभका गाउँमा एएफपीसँग भन्नुभयो, “हामीले सडकमा पूरै आगो लागेको देखेका थियौँ ।

आक्रमणबाट बच्न सफल अर्का अवकाशप्राप्त ६४ वर्षीय ओलेस्कान्दरले युद्धविरामका विषयमा हुने वार्तामा आफूलाई विश्वास नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीलाई वार्ताको आवश्यकता छैन, तर उनीहरूलाई (रुसीहरूलाई) रोक्न धेरै हतियारचाहिएको छ।रुसले बल मात्र बुझ्छ, अरु केही बुझ्दैन।”

–कैँदी आदानप्रदान–

युक्रेनी अधिकारीहरूका अनुसार रुसले शुक्रबार राति १४ वटा ब्यालेस्टिक क्षेप्यास्त्र र २५० वटा ड्रोन प्रहार गरेको र यसबाट १५ जना घाइते भएका थिए ।

जेलेन्स्कीले भन्नुभयो, “बढ्दो शत्रुताको बाबजुद, उहाँले मे १६ मा इस्तानबुलमा वार्ताको क्रममा सहमति भएको कँैदी आदानप्रदान जारी राखिने छ।”

किएभ र मस्कोमा जारी गरिएको घोषणाअनुसार शनिबार ३०७ जना रुसी युद्धबन्दीको बदलामा सोही सङ्ख्यामा युक्रेनी सैनिकको आदानप्रदान भएको छ ।

दुवै पक्षले शुक्रबार पहिलो चरणमा ३९० जनालाई स्वागत गरेका थिए ।

उनीहरूले कुल एक हजार कैँदी रिहा गर्ने सहमति भएको र सहमति अनुसार उनीहरूको आदानप्रदान हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव