३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रहरीद्वारा नमोबुद्धमा मनसुनजन्य विपद् उद्धार बेस क्याम्प स्थापना

१३ असार २०८२, शुक्रबार १२:१६
काठमाडौँ । पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नं गण हेडक्वाटरले विपद् प्रतिकार्यस्वरुप उद्धारका लागि नमोबुद्ध नगरपालिका–७ भकुण्डेबेँसीमा मनसुनजन्य अस्थायी विपद् उद्धार बेस क्याम्पको स्थापना गरेको छ । सशस्त्र बलले तालिम प्राप्त उद्धारकर्ता, विपद् उद्धार सामग्रीसहित २५ जनाको सङ्ख्यामा क्याम्प स्थापना गरेको जनाएको छ ।
प्रहरी निरीक्षक आलोक बस्नेतको नेतृत्वमा स्थापित क्याम्पले मनसुनको समयमा बाढीपहिरो र सडक अवरुद्ध हुने उच्च जोखिम भएकाले उद्धार राहत कार्यलाई प्रभावकारी बनाउने जनाइएको छ ।
यसैगरी, सो प्रहरी टोलीले बिपी राजमार्ग क्षेत्रको सुरक्षा तथा शान्तिसुरक्षा कायम गर्नाका साथै स्थानीय तह, सुरक्षा तथा अन्य सराकारवाला निकायसँग समन्वय गरी आकस्मिक अवस्थामा तत्कालै परिचालित भई विपद् व्यवस्थापनमा सहयोग पु¥याउने छ ।
हेडक्वार्टरले बिपी राजमार्ग क्षेत्रअन्तर्गत रोशी गाउँपालिकाको मङ्गलटारमा मनसुनजन्य घटनालक्षित बेस क्याम्प स्थापनाको तयारी भइरहेको जनाएको छ । हेडक्वार्टरले काभ्रेपलाञ्चोकमा विपद् प्रतिकार्य स्वयंसेवकको तयारीका लागि विपद् स्वयंसेवक आधारभूत तालिम तथा विपद् सूचकसम्बन्धी अभ्यास गराउन थालेको छ । उसले गत जेठ १२ गते पनौती नगरमा नगरभित्रका १२ वडाका ४० जनालाई उक्त प्रकृतिको तालिम दिएर अभियानको सुरुआत गरेको थियो ।
यसैगरी, बनेपा नगरपालिकामा नगरको १४ वडाका ८० लाई लक्षित गर्दै गत जेठ अन्तिम साता तीनदिने विपद् स्वयंसेवक आधारभूत तालिम दिइएको छ । तालिममा विपद् पूर्वतयारी, विपद्–उद्धार त्यसपश्चात्का प्रतिकार्यहरु राहत तथा समन्वयसम्बन्धी व्यावहारिक तालिम तथा अभ्यास गराइएको थियो ।
हेडक्वाटर प्रमुख प्रहरी उपरीक्षक प्रेम प्रसार्इंले जिल्लाका १३ वटै स्थानीय तहमा क्रमशः यससम्बन्धी तीनदिने तालिम प्रदान गर्दै जाने जानकारी दिनुभयो । तालिम अवधिभर रेडक्रसले प्राविधिक सहयोग गर्नेछ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही