२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रहरीद्वारा नमोबुद्धमा मनसुनजन्य विपद् उद्धार बेस क्याम्प स्थापना

२०८२, १३ असार शुक्रबार १२:१६
काठमाडौँ । पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नं गण हेडक्वाटरले विपद् प्रतिकार्यस्वरुप उद्धारका लागि नमोबुद्ध नगरपालिका–७ भकुण्डेबेँसीमा मनसुनजन्य अस्थायी विपद् उद्धार बेस क्याम्पको स्थापना गरेको छ । सशस्त्र बलले तालिम प्राप्त उद्धारकर्ता, विपद् उद्धार सामग्रीसहित २५ जनाको सङ्ख्यामा क्याम्प स्थापना गरेको जनाएको छ ।
प्रहरी निरीक्षक आलोक बस्नेतको नेतृत्वमा स्थापित क्याम्पले मनसुनको समयमा बाढीपहिरो र सडक अवरुद्ध हुने उच्च जोखिम भएकाले उद्धार राहत कार्यलाई प्रभावकारी बनाउने जनाइएको छ ।
यसैगरी, सो प्रहरी टोलीले बिपी राजमार्ग क्षेत्रको सुरक्षा तथा शान्तिसुरक्षा कायम गर्नाका साथै स्थानीय तह, सुरक्षा तथा अन्य सराकारवाला निकायसँग समन्वय गरी आकस्मिक अवस्थामा तत्कालै परिचालित भई विपद् व्यवस्थापनमा सहयोग पु¥याउने छ ।
हेडक्वार्टरले बिपी राजमार्ग क्षेत्रअन्तर्गत रोशी गाउँपालिकाको मङ्गलटारमा मनसुनजन्य घटनालक्षित बेस क्याम्प स्थापनाको तयारी भइरहेको जनाएको छ । हेडक्वार्टरले काभ्रेपलाञ्चोकमा विपद् प्रतिकार्य स्वयंसेवकको तयारीका लागि विपद् स्वयंसेवक आधारभूत तालिम तथा विपद् सूचकसम्बन्धी अभ्यास गराउन थालेको छ । उसले गत जेठ १२ गते पनौती नगरमा नगरभित्रका १२ वडाका ४० जनालाई उक्त प्रकृतिको तालिम दिएर अभियानको सुरुआत गरेको थियो ।
यसैगरी, बनेपा नगरपालिकामा नगरको १४ वडाका ८० लाई लक्षित गर्दै गत जेठ अन्तिम साता तीनदिने विपद् स्वयंसेवक आधारभूत तालिम दिइएको छ । तालिममा विपद् पूर्वतयारी, विपद्–उद्धार त्यसपश्चात्का प्रतिकार्यहरु राहत तथा समन्वयसम्बन्धी व्यावहारिक तालिम तथा अभ्यास गराइएको थियो ।
हेडक्वाटर प्रमुख प्रहरी उपरीक्षक प्रेम प्रसार्इंले जिल्लाका १३ वटै स्थानीय तहमा क्रमशः यससम्बन्धी तीनदिने तालिम प्रदान गर्दै जाने जानकारी दिनुभयो । तालिम अवधिभर रेडक्रसले प्राविधिक सहयोग गर्नेछ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी