काठमाडौँ | सोमबार बिहान उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिका-७ अधेरी जोगी टोलमा बस दुर्घटना भएको छ । कटारीबाट गाईघाट तर्फ आउदै गरेको बा २ ख ६२५७ नं.को ओखलढुङ्गे बस बिहान करिब ११:५० बजे ब्रेक फेल भई सडकबाट अन्दाजी ३०/४० फिट तल खसेर दुर्घटना हुँदा १०/१२ जना घाइते भएका छन् ।
दुर्घटना पश्चात् सशस्त्र प्रहरी बल नं.५ गण उदयपुर बाट खटिएको क्युआरटी टोलीले घाइतेहरुको उद्धार गरेर अस्पताल पठाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।