२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

गृहमन्त्रालय नपाएपनि सरकारमा जान रास्वपा तयार, तीन मन्त्रालयमा को-को जाने भए ?

२०७९, १३ चैत्र सोमबार ०७:०२

चैत १३, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी गृहमन्त्रालय पाउने शर्तमा मात्रै सरकारमा सहभागी हुने अडानबाट पछि हटेको छ। यसअघि सभापति रवि लामिछानेले गृहमन्त्रालय पाएमात्रै सरकारमा जान सकिने अडान राखेका थिए । तर, प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्तावलाई लिएर रास्वपा सरकारमा सहभागी हुनेबारे सकारात्मक बनेको छ ।

लामिछानेले पुष १० गतेको सहमति कार्यान्वयन र गृहमन्त्रालयको अडान लिएपनि प्रधानमन्त्री दाहालले अहिले राम्रा मन्त्रालय लिएर सरकारमा सहभागी हुन भनेपछि लामिछानेले सकारात्मक जवाफ दिएको बुझिएको छ। प्रधानमन्त्री दाहालले आज/भोलिभित्रै मन्त्रिपरिषद् विस्तार गर्नेगरि तयारी थालेका छन् । आजमात्रै सत्ता गठबन्धनका प्रमुख दलका शीर्ष नेताहरुसँग उनले छलफल गरेका छन् ।

मन्त्रालयको भागबण्डा करिब टुँग्याईएको बालुवाटार स्रोतको दाबी छ । कांग्रेस ८ मन्त्रालयसहित सरकारमा जाने तयारीमा छ । तर, गठबन्धनमा आवद्ध सबै दललाई भागबण्डा मिलाउनुपर्ने भएकोले ७ वटा मन्त्रालय लिएर भएपनि कांग्रेस सरकारमा सहभागी हुनसक्ने चर्चा छ । रास्वपाले भने तीन मन्त्रालय पाउने भएको छ ।

लामिछानेले पार्टीले पाउने तीन मन्त्रालयको बारेमा आज साँझसम्म प्रधानमन्त्री दाहालसँग भेटेर टुँगो लगाउने भएका छन् । उनले तीन मन्त्रालयमा विराजभक्त श्रेष्ठ, सोविता गौतम, डा. चन्दा कार्कीलाई पठाउने योजना बनाएका छन् । तर, क–कसलाई सरकारमा पठाउने भन्नेबारे रास्वपाले बैठक राखेर निर्णय गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते