Skip to content
Friday, July 17, 2026 Nepali Online Media

दसैं विदामा मजदुरी गर्न भारत

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असोज ८, चैनपुर | दसैं तिहारको छुट्टीमा अधिकांश विद्यार्थी, साथीभाइ र आफन्तसँग रमाइलो गर्न मन पराउँछन्। तर, बझाङ चिरबुंगल क्षेत्रका विद्यार्थी भने यही बेला भारत पस्छन् मजदुरी गर्न।

दसैं तिहारमा हुने लामो विदालाई उनीहरूले केही रकम कमाउने अवसरका रूपमा लिन्छन् र एक महिना भारतको उत्तराञ्चलमा मजदुरी गरेर लुगाफाटो र मरमसला जोडेर फर्कन्छन्।

अर्धवार्षिक परीक्षापछि असोज १३ गते दसैं विदा भएर विद्यालय एकैपटक कात्तिक १७ गते खुल्ने जानकारी पाएपछि देवेश्वरी उच्च मावि, देउखेलमा पढ्ने सात विद्यार्थी भारत हिँडे। बझाङबाट रात्री बस चढेका उनीहरू श्रीभारको डोले होटलमा बुधबार नास्ता खाँदै थिए। त्यसबेला एउटा टोली गइसकेको र आफूहरू दोस्रो टोली भएको कक्षा नौ मा पढ्ने ललित महराले जानकारी दिए। ललितले गतवर्ष पनि दसैं तिहार विदामा भारत गएर ६ हजार रूपैयाँ कमाएका थिए।

यसपाली पनि कमाउन हिँडेको बताउँदै उनले आफ्नो टोलीमा कक्षा ९ मा पढ्ने दिपेन्द्र बोहरा र सुरेन्द्र बोहरा , कक्षा ८ मा पढ्ने दिपक महर सहित धन बोहरा रहेको पनि बताए ।

घरपरिवारमा खानलाई पनि नहुने र स्कुल खर्चका लागी लुगाकपडा किताब कापीको खर्च समस्या भएकाले यस क्षेत्रका अधिकाँस विद्यार्थीहरु यो सिजनमा मजदुरी गर्न भारत जाने गरेको धन बहादुर बोहराले बताए । एक महिना त्यहाँ काम गर्छौ उनले भने स्कुल लाग्ने बेला तुरुन्तै फ्रकिहाल्छौ ।

भारतको उत्तराञ्चलको पिथरागड क्षेत्रमा जाने यि विद्यार्थीहरु त्यहाँ घाँस काट्ने, धान काट्ने सडकको काम साथै घर बनाउने जस्ता मजदुरीकाम गर्ने गरेको सुनाए । देउलेखका विद्यार्थी जस्तै सुनकुडा, स्याडी र उता बुंगोलका हाईस्कुल पढ्ने विद्यार्थीहरु पनि यो समयमा प्राय पिथरागड कमाउन जाने प्रचलन यहाँ रहेको स्थानिय लोकेन्द्र बोहराले भने । – अन्नपूर्ण पोष्ट