४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

चक्रे मिलनका बडीगार्डबाट बरामद भएको हतियार प्वाइन्ट टु–टु

२८ चैत्र २०७९, मंगलवार ०९:५७

चैत २८, काठमाडौँ | गुण्डा नाइके भनेर चिनिएका चक्रे मिलन (मिलन गुरुङ) को बडीगार्डबाट बरामद भएको हतियार प्वाइन्ट टु–टु भएको खुलेको छ। चक्रेको बडीगार्ड बनेका गणेशबहादुर बोगटीको साथबाट बरामद भएको हतियार प्वाइन्ट टु–टु भएको खुलेको जिल्ला प्रशासन कार्यालय बाँकेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) विपिन आचार्यले जानकारी दिए। 

‘बाहिर हल्ला एके–४७ भनेको सुनियो। त्यस्तो घातक हतियार राज्यले लाइसेन्स लिएर राख्नै दिएको छैन। बरामद हतियार प्वाइन्ट टु–टु हो,’ आचार्यले भने। यता नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी पोषराज पोखरेलले पनि बरामद हतियार प्वाइन्ट टु–टु भएको जानकारी दिए। प्रशासनमा दर्ता भएको रेकर्डबाट पनि उक्त हतियार प्वाइन्ट टु–टु भएको खुलेको छ। 

प्वाइन्ट टुटु क्यालिभर भएको टेलीस्कोपयुक्त उक्त हतियारले लामो दुरीसम्म निशाना लगाउन सक्छ। गुरुङको बडीगार्ड बन्दै हतियार बोकेको भिडिओ बनाएर सामाजिक सञ्जाल टिकटकमा हालेपछि नेपाल लाइभले समाचार प्रकाशन गरेको थियो। त्यसपछि बाँके प्रहरीले सोमबार राति हतियार बोक्ने युवक बोगटीलाई बाँकेको चिसापानीबाट पक्राउ गरेको थियो। 

पक्राउ परेका व्यक्तिकै नाममा लाइसेन्स लिएर हतियार राखेको पाइएकाले अब के गर्ने भन्ने अधिकार सीडिओ कार्यालयलाई भएको डीआईजी पोखरेलले बताए। ‘लाइसेन्स खारेज गर्ने वा नगर्ने भन्ने जिम्मा प्रशासनको हो। त्यहीअनुसार कारबाही अघि बढ्छ,’ डीआईजी पोखरेलले भने। 

बोगटीले लाइसेन्स लिएर हतियार राखेको बताएकाले अहिले लाइसेन्स मगाउने काम भइरहेको र त्यसपछि के गर्ने भन्ने निर्णय गरिने सीडीओ आचार्यको भनाइ।  हतियार अहिले जिल्ला प्रशासन कार्यालयमा राखिएको छ भने पक्राउ परेका बोगटीलाई प्रहरी हिरासतमा राखिएको छ।

नेपालगन्जमा एमालेनिकट राष्ट्रिय युवासंघको महाधिवेशन चलिरहेको छ। गुण्डा नाइके चक्रे मिलन पनि सोही महाधिवेशनमा सहभागी हुन नेपालगन्ज पुगेका थिए। उनकै बडीगार्ड बन्दै बोगटीले हतियार प्रर्दशन गरेका थिए। उक्त भिडिओ नेपालगञ्जकै एक होटलमा बनाएको खुलेको छ। 

‘ज्ञानेन्द्रवली ५७’ नाम गरेको टिकटक आईडीबाट उक्त भिडियो सार्वजनिक भएको थियो। समाचार प्रकाशन भएसँगै टिकटकबाट भिडिओ हटाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल