२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

चक्रे मिलनका बडीगार्डबाट बरामद भएको हतियार प्वाइन्ट टु–टु

२०७९, २८ चैत्र मंगलवार ०९:५७

चैत २८, काठमाडौँ | गुण्डा नाइके भनेर चिनिएका चक्रे मिलन (मिलन गुरुङ) को बडीगार्डबाट बरामद भएको हतियार प्वाइन्ट टु–टु भएको खुलेको छ। चक्रेको बडीगार्ड बनेका गणेशबहादुर बोगटीको साथबाट बरामद भएको हतियार प्वाइन्ट टु–टु भएको खुलेको जिल्ला प्रशासन कार्यालय बाँकेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) विपिन आचार्यले जानकारी दिए। 

‘बाहिर हल्ला एके–४७ भनेको सुनियो। त्यस्तो घातक हतियार राज्यले लाइसेन्स लिएर राख्नै दिएको छैन। बरामद हतियार प्वाइन्ट टु–टु हो,’ आचार्यले भने। यता नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी पोषराज पोखरेलले पनि बरामद हतियार प्वाइन्ट टु–टु भएको जानकारी दिए। प्रशासनमा दर्ता भएको रेकर्डबाट पनि उक्त हतियार प्वाइन्ट टु–टु भएको खुलेको छ। 

प्वाइन्ट टुटु क्यालिभर भएको टेलीस्कोपयुक्त उक्त हतियारले लामो दुरीसम्म निशाना लगाउन सक्छ। गुरुङको बडीगार्ड बन्दै हतियार बोकेको भिडिओ बनाएर सामाजिक सञ्जाल टिकटकमा हालेपछि नेपाल लाइभले समाचार प्रकाशन गरेको थियो। त्यसपछि बाँके प्रहरीले सोमबार राति हतियार बोक्ने युवक बोगटीलाई बाँकेको चिसापानीबाट पक्राउ गरेको थियो। 

पक्राउ परेका व्यक्तिकै नाममा लाइसेन्स लिएर हतियार राखेको पाइएकाले अब के गर्ने भन्ने अधिकार सीडिओ कार्यालयलाई भएको डीआईजी पोखरेलले बताए। ‘लाइसेन्स खारेज गर्ने वा नगर्ने भन्ने जिम्मा प्रशासनको हो। त्यहीअनुसार कारबाही अघि बढ्छ,’ डीआईजी पोखरेलले भने। 

बोगटीले लाइसेन्स लिएर हतियार राखेको बताएकाले अहिले लाइसेन्स मगाउने काम भइरहेको र त्यसपछि के गर्ने भन्ने निर्णय गरिने सीडीओ आचार्यको भनाइ।  हतियार अहिले जिल्ला प्रशासन कार्यालयमा राखिएको छ भने पक्राउ परेका बोगटीलाई प्रहरी हिरासतमा राखिएको छ।

नेपालगन्जमा एमालेनिकट राष्ट्रिय युवासंघको महाधिवेशन चलिरहेको छ। गुण्डा नाइके चक्रे मिलन पनि सोही महाधिवेशनमा सहभागी हुन नेपालगन्ज पुगेका थिए। उनकै बडीगार्ड बन्दै बोगटीले हतियार प्रर्दशन गरेका थिए। उक्त भिडिओ नेपालगञ्जकै एक होटलमा बनाएको खुलेको छ। 

‘ज्ञानेन्द्रवली ५७’ नाम गरेको टिकटक आईडीबाट उक्त भिडियो सार्वजनिक भएको थियो। समाचार प्रकाशन भएसँगै टिकटकबाट भिडिओ हटाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण