असोज ९, ताक्लाकोट | बझाङको उरै भन्ज्याङ नाका भएर वन्यजन्तुका अखेटोपहार, रक्तचन्दन र बहुमूल्य जडीबुटीको अवैध कारोबार बढेको छ । यो नाका भएर लामो समयदेखि तिब्बततर्फ अवैध कारोब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ९, ताक्लाकोट | बझाङको उरै भन्ज्याङ नाका भएर वन्यजन्तुका अखेटोपहार, रक्तचन्दन र बहुमूल्य जडीबुटीको अवैध कारोबार बढेको छ । यो नाका भएर लामो समयदेखि तिब्बततर्फ अवैध कारोब"/>
2026-09-19 03:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तस्करीको ट्रान्जिट बन्दै बझाङको उरै नाका

असोज ९, ताक्लाकोट | बझाङको उरै भन्ज्याङ नाका भएर वन्यजन्तुका अखेटोपहार, रक्तचन्दन र बहुमूल्य जडीबुटीको अवैध कारोबार बढेको छ । यो नाका भएर लामो समयदेखि तिब्बततर्फ अवैध कारोबार मौलाए पनि प्रहरीले नियन्त्रण गर्न सकेको छैन । त्यस्ता सामान बरामद गरेर अहिलेसम्म सार्वजनिक पनि नगरिएको खबर छ । 

यो नाकाबाट खुलेआम यस्तो कारोबार भइरहेको छ । नेपालको सीमा प्रहरी चौकी रहेको काडा गाविसको धुली गाउँबाट झन्डै ३० किलोमिटर टाढाको नेपाल–चीन सीमा वरिपरि ठाउँ–ठाउँमा अस्थायी टहरा नै बनाएर तस्करले खुलेआम यस्ता सामान ओसारिरहेका देखिन्छन् ।

खुला हिमाली पाटनमा प्रतिबन्धित जडीबुटी सुकाइएका हुन्छन् भने तिब्बत लैजान अस्थायी टहराभित्र बोरामा राखिएका हुन्छन् । खच्चर, भेडा, भरिया लगाएर दिउँसै निर्धक्क तस्करी गर्नेहरूको ताँती नै देखिन्छ ।

काडा–३ स्थित काकरकोटको ठूलो चौरमा ७ वटा पालले ढाकेर ठूलो मात्रामा जटामसी सुकाइएको थियो । हुम्लाका एक व्यापारीले बझाङ र दार्चुलाका विभिन्न गाउँबाट मजदुर लगाएर संकलन गरेको उक्त जडीबुटी एक सय क्विन्टलभन्दा बढी भएको काडाका मंगल बोहराले बताए । ‘यो सबै तिब्बत लैजान ठिक पारिएको हो,’ उनले भने ।

नेपाल–चीनको सिमा स्तम्भ रहेको उरै भञ्ज्याङबाट करिब ३० मिनेट ओरालो झरेपछि लहरै २ वटा ठुला पाल टागिएका छन् । बाहिरबाट हेर्दा अस्थायी होटल जस्तो लाग्ने पाल बाहिर २ युवक पहरा दिइरहेका थिए । भित्र पसेर हेर्दा सयौं बोरामा राखिएका कटुकीका खात देखिए ।

हुम्लाका ती युवकले केही दिन पहिला यस्ता पालको संख्या ७ वटा रहेको र अरु पालको कटुकी खच्चरमार्फत तिब्बत पुर्‍याइसकेपछि पाल हटाइएको बताए । ‘तिब्बत ढुवानी गर्ने जिम्मा लिएर हामी यहा बसेका हौं । उनिहरूले २० वटा खच्चर भाडामा लिएका छन् । बाकी कटुकी ढुवानी गर्न एक हप्ता जति लाग्ने र ढुवानी सकेपछि पाल हटाएर ताक्लाकोट जाने उनले बताए । भदौको २५ गतेसम्ममा झण्डै डेढ सय क्विन्टल कटुकी तिब्बत पुर्‍याइसकेको र करिब ७० क्विन्टल ढुवानीका क्रममा रहेको उनले बताए ।

काकरकोटबाट झण्डै २ घण्टा हिडेपछि तिब्बतको बैंस भन्ने ठाँउका ३ ओडारमा बसेका बझाङको व्यासी र कैलास गाविसका ४० भरिया रातो च्याउसहित भेटीए । हुम्लाका कुन्साङ लामाले खाना खाएर दैनिक प्रतिकिलो १ हजारका दरले भाडा दिने गरी पठाएको उनिहरूले बताए । लामाको रातो च्याउ तिब्बत पुर्‍याएर दार्चुला खण्डेश्वरीका ४५ भरिया केही दिन पहिले नै फर्किसकेको व्यासीका एक भरियाले बताए ।

बाटोमा भेटिएका यी उदाहरण मात्र हुन । यस अघि साउन र भदौमा यो बाटो भएर सयौं क्विन्टल सतुवा, वनलसुन, पांचऔंले लगायतका विभिन्न जडीबुटी तिब्बत पुगिसकेको तिब्बती सिमा सुरक्षा पोष्ट नजिक होटल सञ्चालन गरेर बसेका हुम्लाका बहादुर लामाले बताए । ‘यसमा अचम्म मान्नु पर्ने कारण नै छैन, यो वर्ष त धेरै कम मात्र जडीबुटी आएको हो’ उनले भने, ‘बर्सेनि यत्रो मात्रामा जडीबुटी ल्याउछन, माटोको फल न हो कती टिक्छ र अव सकिन लाग्यो होला त्यही भएर यो वर्ष पहिला भन्दा धेरै कम आएको छ ।’ – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई