२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

जब लेखकले कांग्रेसका सभापति देउवालाई रोके !

२०८०, १३ बैशाख बुधबार ०३:४८

बैशाख १३, काठमाडौँ | प्रतिनिधि सभाको मङ्गलबारको आकस्मिक समयमा सभामुख देवराज घिमिरेले नेकपा (एमाले)का ईश्वरबहादुर रिजाललाई बोल्ने अनुमति दिएका थिए। सांसद रिजालले निर्वाचन क्षेत्र केन्द्रित भएर धारणा राख्नेक्रम सुरु गरे। 

रिजाल बोल्न सुरु गरेलत्तगै नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा आसन स्थानबाट उठेर बाहिर निस्कन लागे। सत्ता पक्षको आसनको पहिलो पङ्क्तिमै बस्नुभएका देउवा उठेर बाहिर निस्कन लागेपछि संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले रोक्नुभयो अनि सभापति देउवा फर्केर आएर पुनः आसनमा बसे। 

प्रमुख सचेतक लेखकले सभापतिलाई बीचमै किन फर्काउनुभयो ? धेरै जानकारी नहुन सक्छ तर संसदीय अभ्यास र मान्यतामा भने यसको आफ्नो महत्व छ। सभाको नियमनसम्बन्धी कानुनको पालना थियो त्यो।   देउवाको कार्य प्रतिनिधि सभा नियमावलीको विपरीत हुने भएपछि तुरुन्तै लेखकले उक्त अग्रसरता देखाए । प्रतिनिधि सभा नियमावलीको नियम २० मा सदस्यहरूले बैठकमा पालना गर्नुपर्ने नियमबारे उल्लेख छ। जसमा सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने उल्लेख छ। 

यसअघि प्रतिनिधि सभामै एमाले सचेतक महेश बर्तौलाको ध्यानाकर्षणमा कांग्रेस सांसद पूर्णबहादुर खड्काले यस्तै प्रकरणमा माफी माग्नुभएको थियो। चैत १२ गतेको बैठकमा एमालेका बलराम अधिकारी बोलिरहनुभएको बेला खड्का बीचबाट हिँडेका थिए। यो समाचार गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते