२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

काठमाडौं महानगरपालिकाले मापदण्डविपरीतका १५ पेट्रोल पम्प हटाइने

१५ बैशाख २०८०, शुक्रबार ०३:१९

बैशाख १५, काठमाडौं | काठमाडौं महानगरपालिकाले मापदण्ड नपुगेका १५ वटा पेट्रोल पम्प हटाउने तयारी गरेको छ । नेपाल आयल निगमले कामपालाई उपलब्ध गराएको तथ्याङ्कअनुसार ती पेट्रोल पम्प हटाउने तयारी गरेको हो ।

काठमाडौं महानगरपालिकाले पामदण्ड पुरा नगरेका पम्पको नाम गोप्य राखेको छ । यद्यपि,काठमाडौं महानगरपालिकाले मापदण्ड नपुगेका पम्प सञ्चालकलाई सो बारेमा केही महिना अघि नै जानकारी भइसकेको दाबी गरेको छ ।

कामपाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले शुरूमा ती पम्पलाई हटाउन आग्रह गरिने र नमाने आफैं हटाउने बताए । हाल उपत्यकाभित्र १ सय २३ पेट्रोल पम्प छन् भने काठमाडौं महानगरभित्र मात्रै ६६ वटा रहेका छन् ।

तीमध्ये ५१ वटाले मात्र मापदण्ड पूरा गरेको कामपाको भनाइ छ । कामपाले हिजो बिहीबार बालाजु पुलसँगै मापदण्डविपरीत घरको सटरबाट सञ्चालन भइरहेको कोतः धुकु आयल स्टोरमा सिलबन्दी गरेको थियो ।

कापमाका मेयर बालेन्द्र साहको नौं दिनअघि अर्थात वैशाख ६ गतेको निर्णयबाट सिलबन्दी गरेको हो । कामपामा प्रहरी प्रमुख पाण्डेले पटकपटक आग्रह गर्दा अटेर गरेपछि बाध्य भएर बन्द गरेको जिकिर गर्दै भने– ‘स्थानीयको दर्जनौं उजुरी आएको थियो । पम्प घरको सटरबाट सञ्चालनमा थियो । यसलाई जाली र फलामे साङ्लोले बेरेर लगाइएको तालामा शीलबन्दी गरेका छौं ।’

उनले नेपाल अनुसारको मापदण्ड नपुगेका कारण तत्काल स्थानान्तरण गर्नुपर्ने १५ वटा पम्पको सूचीमा परेको यो पम्पका कारण सवारी साधन तथा पैदल यात्रुको आवागमनमा समस्या परेको र ट्राफिक व्यवस्थापनलाई असहज बनाएको बताए ।

पेट्रोलियम पदार्थको बिक्री क्षेत्र, बिक्रीस्थलको क्षेत्रफल तथा बिक्री स्थलमा उपलब्ध हुने पूर्वाधारको आधारमा विक्रेताको मापदण्ड तोकिएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य