२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

नेपाली कांग्रेस २० वर्षसम्म हार्न तयार छ ? कुनै दलसँग गठबन्धन गर्दैन !

२० बैशाख २०८०, बुधबार ०३:१६

बैशाख २०, काठमाडौँ | 'नेपाली कांग्रेस २० वर्षसम्म हारे हार्छ, अब कुनै दलसँग पनि चुनावअघि गठबन्धन गर्दैनौं ।' नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा दिएको अभिव्यक्ति हो यो । अब आफ्नो दलका मतदातालाई अन्य पार्टीको चिह्नमा भोट हाल्न नलगाउने पनि उनले बताए।

कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्री र मन्त्रालयका विषयमा सहमति जुट्न नसक्दा पुष्पकमल दाहाल नेतृत्वको सरकारले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । कांग्रेसका सबै सांसद मन्त्री बन्न लालायित छन् ।

अझ महामन्त्री थापा आबद्ध गुटमा सरकारमा सहभागी हुने तीव्र मतभेद बढ्दै गएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाहाल नेतृत्वको सरकारमा सहभागी हुने विषयले कांग्रेसबाट मन्त्री थपिने विषय अन्योलमा परेको छ । यसले कांग्रेसभित्रको असन्तुष्टि थप बढ्ने देखिएको छ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि संघदेखि प्रदेशसम्मका सरकार गुमेपछि पार्टी संगठन गर्न लाग्नुको साटो एकअर्काप्रति आरोपप्रत्यारोपमा कांग्रेस नेताहरू खनिएका थिए । छोटो समयमै कांग्रेस संघदेखि प्रदेशसम्मका सरकारमा फर्केको छ । सत्तामा फर्किएको कांग्रेसका नेताको ध्यान र रुचि संगठन सुधारतर्फ नदेखिएको गुनासो कार्यकर्तामा छ ।

कांग्रेस सहमहामन्त्री बद्री पाण्डे पार्टी संगठन सुधारमा लाग्नुको विकल्प नभएको बताउँछन् । पार्टीका नेता तथा कार्यकर्ताको मनोभावना अनुसार कांग्रेसलाई रूपान्तरण गर्दै जानुपर्नेमा जोड दिँदै पाण्डेले तल्लो तहका नेता तथा कार्यकर्ताको चाहना चुनावमा अन्य दलसँग मिलेर होइन, एक्लै प्रतिस्पर्धा गर्नुपर्ने रहेको बताए ।

 'तल्लो तहको सेन्टिमेन्ट चुनावमा मिलेर होइन, एक्लै प्रतिस्पर्धा गर्नुपर्छ भन्ने छ,' पाण्डे भन्छन्, 'यो पनि समीक्षाको विषय हो तर अहिले नै छिनोफानो गर्नुपर्ने कुरा होइन।' पार्टी संगठनलाई मजबुत बनाउने अहिलेको आवश्यकता भएको बताउँदै उनले भने, 'चुनावी तालमेल गर्ने कि नगर्ने, गरे कोसँग गर्ने भन्ने उपयुक्त समयमा निर्णय लिने विषय हो।' यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य