२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

ऋण नउठेपछि ऋणीको आँगनमा आत्मदाह. दुरुत्साहन आरोपमा दाजु–बहिनी पक्राउ

२० बैशाख २०८०, बुधबार ०९:१०

बैशाख २०, विराटनगर | रकम फिर्ता नगरेपछि विराटनगरमा एक वृद्धले ऋणीको घर अगाडि आत्मदाह गरेका छन् । विराटनगर महानगरपालिका–३ का ६५ वर्षीय गोविन्दप्रसाद नेपालले विराटनगर महानगरपालिका–४ तित्रिगाछीका प्रगति भनिने गति पोखरेलको घर अगाडि आत्मदाह गरेका हुन् ।

१४ वैशाखको बिहान करिब साढे १० बजे पोखरेलको घरमा पुगेर नेपालले आफैंलाई पेट्रोल छर्किएर आगो लगाएका प्रहरीले जनाएको छ । आगोले जलेर गम्भीर घाइते भएका उनलाई रेडप्लस अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा भोलिपल्ट उनको मृत्यु भयो ।


जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालका अनुसार १५ वैशाखमा नेपालको मृत्यु भएपछि आत्महत्या दुरुत्साहन आरोपमा विराटनगर–४ तित्रीगाछीका प्रगति भनिने ५५ वर्षीय गति पोखरेल र उनकी बहिनी ३६ वर्षीया सबिना पोखरेल पक्राउ परेका हुन् ।

प्रहरी नायव उपरीक्षक दाहालका अनुसार मृतक नेपालले पोखरेललाई २०७२ सालमा ऋण दिएका थिए । विराटनगर महानगरपालिकाको कार्यालय सहयोगीबाट अवकाश पाएका नेपालले दिएको ऋण उठाउन अनेक प्रयास गरे तर फिर्ता पाएनन् । ऋण उठाउने प्रयास असफल भएपछि ऋणीको घरमै पुगेर आत्मदाह गरेको अनुसन्धानका क्रममा खुलेको उनले बताए ।

‘२०७२ सालमा २१–२२ लाख रुपैयाँ ऋण दिनुभएको रहेछ, तर त्यो पैसा नउठेपछि ऋणीको घरमै पुगेर आत्मदाह गरेको देखियो’, उनले भने, ‘स्थानीयले खबर गरेपछि बृद्धलाई उपचारका लागि अस्पताल लगियो ।’ बृद्धले आत्मदाह गर्दा गति पोखरेल घरमै थिए ।

‘उहाँहरुको पारिवारिक सम्बन्ध खुल्दैन, चिनजानका आधारमा ऋण दिएको देखिन्छ’, उनले भने, ‘ऋण उठाउन नसकेपछि आत्मदाह गरेको देखियो ।’

मृतककी श्रीमतीले दिएको जाहेरीका आधारमा दाजुबहिनीलाई आत्महत्या दुरुत्साहन आरोपमा वैशाख १८ गते पक्राउ गरिएको उनले बताए । सामान्य परिवारका पोखरेलले कुन प्रयोजनका लागि ऋण लिएका हुन् भन्ने खुलिनसकेको डीएसपी दाहालले बताए । प्रहरीले दाजु गतिलाई उनकै घरबाट र बहिनी सबिनालाई झापाको कमल गाउँपालिका– ४ बाट पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरुमाथि आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अदालतबाट अनुमति लिइसकेको डीएसपी दाहालले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य