२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

ऋण नउठेपछि ऋणीको आँगनमा आत्मदाह. दुरुत्साहन आरोपमा दाजु–बहिनी पक्राउ

२०८०, २० बैशाख बुधबार ०९:१०

बैशाख २०, विराटनगर | रकम फिर्ता नगरेपछि विराटनगरमा एक वृद्धले ऋणीको घर अगाडि आत्मदाह गरेका छन् । विराटनगर महानगरपालिका–३ का ६५ वर्षीय गोविन्दप्रसाद नेपालले विराटनगर महानगरपालिका–४ तित्रिगाछीका प्रगति भनिने गति पोखरेलको घर अगाडि आत्मदाह गरेका हुन् ।

१४ वैशाखको बिहान करिब साढे १० बजे पोखरेलको घरमा पुगेर नेपालले आफैंलाई पेट्रोल छर्किएर आगो लगाएका प्रहरीले जनाएको छ । आगोले जलेर गम्भीर घाइते भएका उनलाई रेडप्लस अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा भोलिपल्ट उनको मृत्यु भयो ।


जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालका अनुसार १५ वैशाखमा नेपालको मृत्यु भएपछि आत्महत्या दुरुत्साहन आरोपमा विराटनगर–४ तित्रीगाछीका प्रगति भनिने ५५ वर्षीय गति पोखरेल र उनकी बहिनी ३६ वर्षीया सबिना पोखरेल पक्राउ परेका हुन् ।

प्रहरी नायव उपरीक्षक दाहालका अनुसार मृतक नेपालले पोखरेललाई २०७२ सालमा ऋण दिएका थिए । विराटनगर महानगरपालिकाको कार्यालय सहयोगीबाट अवकाश पाएका नेपालले दिएको ऋण उठाउन अनेक प्रयास गरे तर फिर्ता पाएनन् । ऋण उठाउने प्रयास असफल भएपछि ऋणीको घरमै पुगेर आत्मदाह गरेको अनुसन्धानका क्रममा खुलेको उनले बताए ।

‘२०७२ सालमा २१–२२ लाख रुपैयाँ ऋण दिनुभएको रहेछ, तर त्यो पैसा नउठेपछि ऋणीको घरमै पुगेर आत्मदाह गरेको देखियो’, उनले भने, ‘स्थानीयले खबर गरेपछि बृद्धलाई उपचारका लागि अस्पताल लगियो ।’ बृद्धले आत्मदाह गर्दा गति पोखरेल घरमै थिए ।

‘उहाँहरुको पारिवारिक सम्बन्ध खुल्दैन, चिनजानका आधारमा ऋण दिएको देखिन्छ’, उनले भने, ‘ऋण उठाउन नसकेपछि आत्मदाह गरेको देखियो ।’

मृतककी श्रीमतीले दिएको जाहेरीका आधारमा दाजुबहिनीलाई आत्महत्या दुरुत्साहन आरोपमा वैशाख १८ गते पक्राउ गरिएको उनले बताए । सामान्य परिवारका पोखरेलले कुन प्रयोजनका लागि ऋण लिएका हुन् भन्ने खुलिनसकेको डीएसपी दाहालले बताए । प्रहरीले दाजु गतिलाई उनकै घरबाट र बहिनी सबिनालाई झापाको कमल गाउँपालिका– ४ बाट पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरुमाथि आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अदालतबाट अनुमति लिइसकेको डीएसपी दाहालले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण