२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

नक्कली शरणार्थी प्रकरणमा उच्च राजनीतिक व्यक्तित्त्वदेखि प्रशासकहरूको लहरो तानिँदै

२१ बैशाख २०८०, बिहीबार ०३:२६

बैशाख २१, काठमाडौं | नक्कली भुटानी शरणार्थी बनाएर ‘मोटो रकम असुल गर्ने’ धन्दामा संलग्न उच्च राजनीतिक व्यक्तित्त्वदेखि प्रशासकहरू धमाधम पक्राउ पर्न थालेका छन्। नक्कली शरणार्थी बनाउने गिरोह पक्राउ परेपछि उनीहरूले राजनीतिक व्यक्तित्त्व र प्रशासकको पोल खोल्दै गएका छन्।

नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै गिरोहले ८ सय ७५ जनासँग १० देखि ५० लाखसम्म रकम उठाएको प्रहरीको अनुमान छ। यसप्रकरणमा पूर्वऊर्जामन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी भएको छ।

उनका छोरा सन्दीप यसै प्रकरणमा मुछिएकाले बुधबार नै बुटवलबाट पक्राउ परेका छन्। यस्तै उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे पनि बुधबार पक्राउ  परेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार पाण्डेलाई थुनामा राख्न बुधबार नै जिल्ला अदालत काठमाडौंले ३ दिनको म्याद जारी गरेको छ। कार्की भन्छन्, ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कागजात बनाउने र रकम असुली गर्ने धन्दामा हाइप्रोफाइल व्यक्तिको पनि सहभागिता देखिएको छ।’अपराधमा जोसुकै संलग्नता भए पनि उन्मुक्ति नपाउने कार्कीले बताए। 

शरणार्थी प्रकरणमा अर्बौं ठगी गरेको भन्दै उजुरी परेपछि एमाले नेता टोपबहादुर रायमाझीका सहयोगी सानु भण्डारी र कांग्रेस नेतृ सुजाता कोइरालाका पूर्वस्वकीय सचिव केशव दुलालसहित मोरङका सागर थुलुङ, पाँचथरका टंक गुरुङ र दाङका सन्देश शर्मा यसअघि नै पक्राउ परेका छन्। उनीहरूविरुद्ध सांगठित अपराधमा मुद्दा दर्ता भई जिल्ला अदालत काठमाडौँमा मुद्दा चलिरहेको छ। 

मंगलबार बिहान पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ डा। इन्द्रजित राई पनि पक्राउ परेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानमा इन्द्रजित राईका छोरा निरज राईको पनि संग्लनता भेटिएपछि उनीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। निरजलाई भने अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन। बुधबार एमाले नेता टोपबहादुर रायमाझीका बाबु–छोराविरुद्ध पनि पक्राउ पुर्जी जारी हुनु र पूर्वगृहसचिव टेकनारायण पाण्डे पनि पक्राउ परेसँगै प्रहरीको अनुसन्धान हाइप्रोफाइल तिर सोझिएको हो। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य